एजेन्सी- अहिले ‘हेराफेरी’ नयाँ सिरिज बन्ने खबरले सबै मानिस उत्साहित भएका छन् । तर अहिले खबर अनुसार यस फिल्ममा सबैभन्दा मनपराएको पात्र राजुलाई अर्थात् अभिनेता अक्षय कुमारलाई यस फिल्मको नयाँ सिरिजमा नदेखिने भएको छ । यो सबै फ्यानहरुका लागि नराम्रो खबर हो । अक्षय कुमारलाई ‘हेरा फेरी ३’ बाट हटाइएको भनिएको छ । रिपोर्टका अनुसार ‘हेरा फेरी ३’ को फ्रेन्चाइजीले स्क्रि:-प्टबारे कुनै स्पष्टीकरण नपाएपछि अक्षय कुमार पछि हटेको बताएको छ ।
यस अभिनेताको प्रवेश
‘हेराफेरी ३’ बाट अक्षय कुमार पछि गटेपछि उनको स्थानमा ‘भूल भुलैया २’ स्टार कार्तिक आर्यन देखिनेछन् । परेश रावलले आफ्नो ट्वीटरमा यसको पुष्टि गरेका छन् । जब एक फ्यानले परेश रावललाई सोधे, ‘के यो साँचो हो कि कार्तिक आर्यनले ‘हेरा फेरी ३’ मा अक्षयको स्थानमा देखिने छन् ? यस्तो अवस्थामा परेश रावल भन्छन्- ‘हो यो सत्य हो!’
अहिले परेश रावलको कमेन्ट आउनासाथ फ्यानहरुले पनि प्रतिक्रिया दिन थालेका छन् । एक फ्यानले कमेन्ट गरे, ‘अक्षय होइन भने ‘हेरा फेरी’ होइन । यसै क्रममा अर्का फ्यानले लेखेका छन्, ‘यो विश्वकप हार्नुभन्दा पनि दुखद खबर हो । एस फ्यानले यस्तो पनि लेखेका छन्, ‘हामी ‘हेरा फेरी ३’ मा अक्षय, सुनील र परेश तीनै जना चाहन्छौँ, अक्षय बिनाको ‘हेरा फेरी ३’ को कसैले कल्पना गर्न सक्दैन ।
