एजेन्सी- भारतीय टिभी अभिनेत्री देबिना बनर्जी पहिलो सन्तानलाई जन्म दिएको ७ महिनापछि उनी दोस्रो पटक आमा बनेकी छिन् । देबिना बनर्जीले छोरीलाई जन्म दिएकी छिन् । गुरमीत चौधरीले फ्यानलाई खुसीको खबर दिँदै तस्बिर सार्वजनिक गरेका छन् । देबिनाले निधारमा चुम्बन गरेको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘छोरी, तिमीलाई यो संसारमा स्वागत छ। हामी दोस्रो पटक अभिभावक बनेका छौं।’

गुरमीत चौधरीको पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अहिले देबिना-गुरमीत चौधरीलाई विभिन्न कलाकारले बधाई दिइरहेका छन्। पहिलो कमेन्ट अभिनेता सोनू सूदले दिएका छन् । यसपछि कमेडियन भारती सिंहले कमेन्ट गरेकी छिन् । उनले लेखेखि छिन् ‘बधाई छ’ मलाई पनि छोरी चाहियो।” उनको यो कमेन्ट मार्फत कतै भारती सिंहले अर्को सन्तानको चाहना पनि व्यक्त गरेकी छिन् ।

अप्रिलमा पहिलो छोरीलाई जन्म दिएकी थिइन्

देबिना बनर्जीले ३ अप्रिलमा छरीलाई लियानालाई जन्म दिएकी थिइन्। जन्मेको एक महिनापछि मात्रै उनले दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन् । यस क्रममा देबिना बनर्जी मात्र नभई गुरमीत चौधरीलाई पनि ट्रोल भएका थिए । यतिबेला के हतारमा कदम चालियो भन्नेर मानिसहरुले प्रश्न गरिरहेका छन् ।


