जारी महिना आर्थिक हिसाबले निकै उत्कृष्ट रहनेछ यी ४ राशिलाई, हुनेछ धनको वर्षा !

यस नोभेम्बर महिनामा धेरै ग्रहहरुको चालमा परिवर्तन हुने भएको छ । यो महिना ५ ग्रहले राशि परिवर्तन गर्नेछन् । यस अवधिमा ग्रहहरूको राशि परिवर्तनका कारण सबै १२ राशिका जातिहरू शुभ-अशुभ प्रभावित हुनेछन्। ज्योतिष शास्त्रका अनुसार नोभेम्बर महिना केही राशिका व्यक्तिहरुको लागि आर्थिक रुपमा निकै राम्रो रहनेछ । जान्नुहोस् कुन-कुन राशिका हुन कसलाई यो महिनामा हरेक हिसाबले शुभ हुनेछ-

मिथुन राशि

मिथुन राशिका लागि नोभेम्बर महिना धेरै अनुकूल रहनेछ । यस अवधिमा रोजगारीमा रहेका मिथुन राशिको व्यक्तिहरुको पदोन्नति हुनेछ। शिक्षासँग सम्बन्धित व्यक्तिहरुलाई लाभ मिल्नेछ । व्यवसायीहरुलाई लाभ हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट राशि

कर्कट राशिका लागि नोभेम्बर महिना राम्रो रहनेछ । विद्यार्थीहरूका लागि यो समय राम्रो रहनेछ। यस अवधिमा आम्दानी राम्रो हुनेछ। तर, खर्च बढ्नेछ । आर्थिक स्थितिमा सुधार आउन सक्छ।

कन्या राशि

कन्या राशिका लागि नोभेम्बरमा ग्रहहरूको चालले जीवनमा खुशी ल्याउनेछ। यो समयमा नयाँ कामको थालनी गर्न सकिनेछ । जागिर खोज्नेहरूका लागि पनि यो राम्रो समय हो। काममा सहकर्मीको सहयोग मिल्नेछ । व्यापारीले नाफा कमाउने देखिन्छ ।

मकर राशि

मकर राशिका लागि नोभेम्बर अनुकूल रहनेछ। करियरमा यो महिना लाभदायी रहनेछ । यो महिना यस राशिको लागि यस्तो समय आर्थिक रूपमा विशेष लाभ प्राप्त गर्न सक्नुहुनेछ। व्यर्थको खर्चमा कटौती हुनेछ र व्यापारीहरूका लागि लाभ प्राप्त हुने संकेतहरू छ।

प्रकाशित : शुक्रबार, कार्तिक २५, २०७९१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज वृश्चिक राशिमा निकै शुभ योग बनाउँदै शुक्रदेव: यी ३ राशिको जीवनमा हुनेछ कायापलट !