वैदिक ज्योतिषमा शुक्रलाई सुख, सम्पत्ति, वैभव आदिको कारक मानिन्छ । शुक्रलाई वृष र तुला राशिको स्वामी मानिन्छ। ज्योतिषीहरुका अनुसार जसको कुण्डलीमा शुक्रदेवको स्थान उच्च हुन्छ उनीहरुको जीवनमा कुनै कुराको कमी हुँदैन । आज कार्तिक २५ गते शुक्र वृश्चिक राशिमा प्रवेश गर्दैछ। शुक्रको राशि परिवर्तन आज साँझ ८:०७ बजे हुनेछ। यसबाट ‘अष्टलक्ष्मी राजयोग’ को निर्माण भइरहेको छ। अष्टलक्ष्मी राजयोगको प्रभावबाट केही राशिका व्यक्तिहरूलाई मात्र लाभ हुनेछ । जान्नुहोस् कुन-किन राशि ?
मकर राशि

मकर राशि हुनेहरुको कुण्डलीमा एघारौँ घरमा अष्टलक्ष्मी राजयोग बनिरहेको छ । ११ औँ घर भाग्यको स्थान मानिन्छ। वृश्चिक राशिमा शुक्रको आगमनले व्यवसायीलाई फाइदा हुनेछ । लगानीबाट लाभ मिल्नेछ ।
कुम्भ राशि

कुम्भ राशिका कुण्डलीको दसैँ घरमा अष्टलक्ष्मी राजयोग बनिरहेको छ । दशम घरलाई व्यापार र कामको स्थान मानिन्छ। यस अवधिमा तपाईलाई आर्थिक लाभ हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ । आम्दानीका स्रोत बढ्नेछन् । सन्तानबाट शुभ समाचार पाउन सकिनेछ ।
मीन राशि

मीन राशिका व्यक्तिहरुको कुण्डलीको नवौँ घरमा अष्टलक्ष्मी राजयोग बनिरहेको छ । नवौँ घरलाई भाग्यको स्थान मानिन्छ। यस समयमा तपाई भाग्यशाली हुनुहुनेछ। अविवाहितको विवाह तय हुन सक्छ। धनको हिसाबले यो समय राम्रो छ ।
