मात्र १ घण्टा २३ मिनेट देखिनेछ आउँदो हप्ता लाग्ने खग्रास चन्द्रग्रहण: जान्नुहोस् सूतक कालको समय !

यस पटक कार्तिक पूर्णिमा कार्तिक २२ गतेको दिन परेको छ। यसै दिन २०२२ वर्षको अन्तिम चन्द्रग्रहण पनि लाग्दैछ। ज्योतिषशास्त्रका अनुसार ग्रहणको सुतक ९ घण्टा अगाडिदेखि सुरु हुनेछ। यो चन्द्रग्रहण नेपालमा पनि देखिनेछ र दिउँसो ५:११ देखि साँझ ६:३४ सम्म रहनेछ।

नेपालमा कहिले देखिनेछ चन्द्रग्रहण

नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिनेछ। नेपाली आकाशमा भने यस चन्द्र ग्रहण एक घण्टा २३ मिनेट देखिनेछ। चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा पहिले नै सुरु हुन्छ। यस ग्रहणको सुतक काल बिहान ८ बेर ११ मिनेटमा नै सुरु हुन्छ, यस पछि कुनै पनि शुभ कार्य गर्नु हुँदैन।

ज्योतिषका अनुसार चन्द्रग्रहणको समयमा पूजा गर्नु हुँदैन। साथै घरमा राखिएको खानामा तुलसीको पात वा कुश राख्नुपर्छ। जसका कारण खानामा ग्रहणको कुनै असर पर्दैन। ग्रहणको समयमा खाना खानु हुँदैन। यो समयमा गर्भवती महिलाले घरबाट बाहिर निस्कनु हुँदैन। ग्रहणको समयमा सुत्नु हुँदैन। ग्रहणको समयमा दान गर्नुहोस्। देवताहरूको मन्त्र जप गर्नुहोस्। ग्रहण समाप्त भएपछि पानीमा शुद्ध जल मिसाएर स्नान गर्नुहोस् र घरभर शुद्ध जल छर्क्नुहोस्।

कसरी लाग्छ त चन्द्रग्रहण

जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, सूर्यको प्रकाश चन्द्रमामा पर्दैन। यो सम्पूर्ण घटनालाई चन्द्रग्रहण भनिन्छ। वैदिक ज्योतिषमा चन्द्रग्रहणको ठूलो महत्व छ।

प्रकाशित : बिहिबार, कार्तिक १७, २०७९१७:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहण लागेको दिनभर भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य: अन्यथा हुनसक्छ अनिष्ट !