ग्रहण लागेको दिनभर भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य: अन्यथा हुनसक्छ अनिष्ट !

यस वर्ष आजबाट केही दिनपछि सन् २०२२ को अन्तिम चन्द्रग्रहण लाग्दैछ। चन्द्रग्रहण हुनुभन्दा करिब १५ दिनअघि लाग्ने सूर्यग्रहण (२५ अक्टोबर २०२२) जस्तै यस पटक पनि चन्द्रग्रहण देशभर देखिनेछ। नेपालमा देखिने भएकाले यस ग्रहणको सुतक अवधि पनि मान्य हुनेछ, जसका कारण सुतक अवधिमा कुनै शुभ कार्य गर्नु हुँदैन। यससँगै यो चन्द्रग्रहण सकिएपछि मात्र यस्ता कार्य गर्न सुरु गर्नुपर्छ। ध्यान राख्नुहोस् कि यस अवधिमा भगवानलाई छुनु पनि हुँदैन।

वास्तवमा सन् २०२२ को अन्तिम ग्रहण कार्तिक २२ गते (०८ नोभेम्बर) मंगलबार लाग्दैछ, यो ग्रहण दिउँसो ५:११ देखि साँझ ६:३४ सम्म चल्नेछ भने यसको मध्यावधि साँझ ५: २७ मा हुनेछ।

चन्द्रोदय: साँझ ५:११ चन्द्र ग्रहणको सुरुवात
उन्मीलन या मध्यावधि: साँझ ५:२७
मोक्ष: साँझ ६:३४

सूतक काल सुरुवात: बिहान ८ बेर ११
सूतक काल समाप्त: साँझ ६:३४

ग्रहणको समयमा गर्नु हुँदैन यस्ता कार्य

धार्मिक मान्यता अनुसार सूतक समयमा पूजा गर्न वर्जित मानिन्छ। त्यसैले ग्रहण र यसको समयमा घरमै बसी भगवानको ध्यान गर्नु उपयुक्त हुनेछ, यस समयमा भजन कीर्तन गर्न सक्नुहुन्छ। यसबाहेक ग्रहणको समयमा तुलसीको पातलाई खानेकुरामा राख्नुपर्छ भने ग्रहणपछि कुनै पनि खानेकुरा लिँदा तुलसी राख्नु अनिवार्य मानिन्छ। ग्रहणमा गरेको दानलाई अमृत मानिन्छ। साथै ग्रहण लागेपछि रातो कपडा, तामाको भाँडो, दाल, गहुँ र रातो फल दान गर्नु अति विशेष र उत्तम मानिन्छ। वैदिक मान्यताका अनुसार ग्रहण लागेपछि यी चिज दान गर्नाले कुण्डलीमा रहेको ग्रहको दोष हट्नुका साथै शुभ फल प्राप्त हुन्छ।

प्रकाशित : बिहिबार, कार्तिक १७, २०७९१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज हरिबोधिनी एकादशीको दिन यी राशिको घरमा हुनेछ धनको वर्षा: मिल्नेछ शुभ समाचार !