न्यायका देवता शनिदेव अहिले मार्गी अवस्थामा छन्। ज्योतिष शास्त्रका अनुसार जब कुनै ग्रह सीधा चालमा सर्छ, त्यसलाई मार्गी भनिन्छ। शनिदेव मकर र कुम्भ राशिका स्वामी हुन्।
ज्योतिष शास्त्रका अनुसार शनिदेव अक्टोबर २३ बाट मार्गी अवस्थामा छन् र १७ जनवरी २०२३ मा प्रतिगामी हुनेछन्। शनिदेवको मार्गी अवस्थाले सबै १२ राशिका मानिसलाई प्रभाव पार्नेछ। जानौं शनिदेवले कुन राशिका मानिसलाई मार्गी भएर समस्यामा पार्न सक्छन्।
मेष राशि
शनिदेव यस राशिका व्यक्तिको कुण्डलीको दशौं घरमा रहनेछन्। स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढ्नाले आर्थिक समस्याको सामना गर्नु पर्नेछ। घरपरिवारमा पनि धेरै प्रकारको समस्याको सामना गर्नु पर्नेछ।
कर्कट राशि
यस अवधिमा शनिदेव यस राशिका व्यक्तिहरूको कुण्डलीको सातौं घरमा रहनेछन्। दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ। धन हानि पनि हुन सक्छ। नकारात्मक असर पर्न सक्छ। यो अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ।
कन्या राशि
कन्या राशिका लागि शनिदेव पाँचौं र छैटौं घरका स्वामी हुन्। मार्गीको समयमा शनिदेव तपाईंको राशिको पाँचौं घरमा हुनेछन्। विद्यार्थीहरूलाई पढाइमा कठिनाइहरू आउन सक्छन्। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो अवधि नबदल्नुहोस् नत्र नोक्सान हुन सक्छ। काममा तपाईंका लागि समय अनुकूल नहुन सक्छ।
धनु राशि
यस राशिका व्यक्तिको कुण्डलीमा मार्गीमा शनिदेव दोस्रो भावमा रहनेछन्। पारिवारिक जीवनमा समस्या आउन सक्छ, आमाको स्वास्थ्य पनि बिग्रन सक्छ। आम्दानी राम्रो होला तर पैसा जोगाउन सकिने छैन। मानसिक तनाव पनि आउन सक्छ।
कुम्भ राशि
तपाईंको कुण्डलीको बाह्रौं भावमा शनिदेवको गोचर हुनेछ, जसका कारण तपाईंको खर्च बढ्न सक्छ। आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुपर्नेछ। यस अवधिमा स्वास्थ्यमा तपाईंको पैसा खर्च हुन सक्छ।