यो महिनामा शनि प्रदोष व्रत कार्तिक १९ गते परेको छ। प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको त्रयोदशीका दिन प्रदोष व्रत भनिन्छ। विभिन्न दिनमा पर्ने प्रदोष व्रतको फरक फरक महत्व छ। यो महिनामा प्रदोष व्रत शनिबार परेको छ। यस्तो अवस्थामा यस दिन भगवान शिवको साथमा शनिदेवको पूजा गर्नुको महत्व बताइएको छ।
ज्योतिषशास्त्रका अनुसार यस दिन भगवान शिव कैलाश पर्वतमा रहेको राजन भवनमा नृत्य गर्छन्। यस्तोमा भगवान शिवलाई प्रसन्न पार्न मानिसले प्रदोष व्रत राख्छन्। यस व्रतमा भगवान शिवको पूजाको विशेष महत्व छ। धार्मिक मान्यता अनुसार भगवान शिवको पूजाआजा गर्नाले सबै कष्ट दुर हुनुका साथै मनोकामना पनि पूरा हुने जनविश्वास रहेको छ।
ज्योतिषशास्त्रका अनुसार आइतबार प्रदोष व्रत राख्नाले आम्दानीमा वृद्धि हुने विश्वास छ। साथै स्वास्थ्य पनि राम्रो हुन्छ। अर्कोतर्फ सोमबार पर्ने प्रदोष व्रतलाई सोम प्रदोष पनि भनिन्छ। सोम प्रदोष व्रत गर्नाले धेरै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। मंगलबार पर्ने प्रदोषलाई भौम प्रदोष भनिन्छ। यो व्रत गर्नाले रोगबाट मुक्ति र सुस्वास्थ्य हुने विश्वास रहेको छ। बिहीबार प्रदोष व्रत गर्नाले शत्रु नाश हुन्छ। शनिबार पर्ने प्रदोषलाई शनि प्रदोष भनिन्छ।
प्रदोष व्रतको महत्व
ज्योतिष शास्त्रका अनुसार यस दिन प्रदोष व्रत राखेर भगवान शिवको नियमित पूजा गर्नाले सबै संकट हट्छ। पुराणका अनुसार एउटा प्रदोष व्रतको फल दुई गाई दान गर्नु बराबर हुन्छ। यो व्रत गर्नाले मोक्ष प्राप्त हुने र सबै पाप नष्ट हुने विश्वास पनि छ।
शनिदेवको प्रसन्नताको लागि शनिबार प्रदोषको व्रत गरेर यो उपाय गर्न सकिन्छ
ज्योतिषशास्त्रका अनुसार शनिबार प्रदोष व्रतको दिन बिहान सबेरै उठेर सफा लुगा लगाएर शनि मन्दिरमा गएर शनिदेवको पूजा आराधना गर्ने गरिन्छ। पीपलको रुखमा पानी वा दुध चढाउनुहोस्। पुर्खालाई सम्झेर पीपलको पूजा गर्नुहोस्। साँझ हनुमान चालिसा पढ्नुहोस् र सुन्दरकाण्डको पाठ गर्नुहोस्। विश्वास अनुसार शनिबार प्रदोषको दिन यसो गर्नाले शनिदेवको पीडाबाट मुक्ति मिल्छ र शनिदेव प्रसन्न हुन्छन्।