अभिनेत्री श्वेता खड्काले सार्वजनिक गरिन् छोरीको तस्बिर, तस्बिर सहित !

गत कार्तिक १५ अभिनेत्री श्वेता खड्काले छोरीलाई जन्म दिएकी छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा छोरीको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर सार्वजनिक गर्दै अभिनेत्रीले क्याप्सनमा एक स्टाटस लेख्दै छोरीको तस्बिर सार्वजनिक गरेकी छिन् ।

‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसंगै जीवनको अर्को पाटो सुरुभएको छ । आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द “आमा” बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमुल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती हो ।’

अभिनेत्रीले थप लेख्छिन् ‘मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रती साहनुभुती जनाईदिने मेरा आफन्त, परिवार, नातागोता र सुभचिन्तकहरु सम्पुर्ण प्रती हार्दिक आभार ब्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावत लाई मुरी मुरी माया । मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी “परी”लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’

प्रकाशित : बिहिबार, कार्तिक १७, २०७९१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मैले जे गरे पनि मनिसहरु आलोचना मात्र गर्छन्- जाह्नवी कपुर, गरिन् यस्तो खुलासा !