तस्बिरमा देखिएका यी २ बच्ची हुन् बलिउडका शीर्ष अभिनेत्री, चिन्नु भयो ?

एजेन्सी- बलिउड कलाकारको व्यक्तिगत जीवन होस् वा उनीहरूको बाल्यकालको बारेमा सुन्दा उनीहरुको फ्यानहरू निकै उत्साहित हुन्छन्। बलिउड स्टारका परिवारका सदस्य होस् वा सामाजिक सञ्जालमा उनीहरुको बाल्यकालका तस्बिरहरू निकै भाइरल हुन्छन् । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटोमा दुई प्यारा बच्ची आफ्नी आमासँग देखिएका छन् ।

अहिले यी दुवै छोरी ठूला स्टार बनेका छन् । दुवै उत्कृष्ट अभिनेत्री हुन् । दुवै दिदीबहिनीले आफ्नो सुन्दरता र अभिनयले बलिउडमा कुनै समय राज गरिसकेका छन् ।


तस्बिरमा देखिएका यी दुई बच्ची ८० र ९० को दशककी सुन्दर र प्रतिभाशाली अभिनेत्री फराह नाज र तब्बुको फोटो हो। दुवै अहिले हुर्किसकेका छन् र धेरै सुन्दर अभिनेत्रीका रूपमा फ्यानहरूको मनमा राज गरेका छन्।

यो तस्बिर हेरेर भन्न सकिन्छ तब्बु र फराह बाल्यकालमा पनि निकै क्यूट थिए । फराह पछि फिल्मबाट हराइन तर तब्बु अझै पनि फिल्ममा क्षेत्रमा सक्रिय छिन् र उनले एकभन्दा बढी उत्कृष्ट फिल्म दिएकी छिन्।

हालै तब्बु अभिनीत फिल्म ‘भुल भुलैया’ रिलिज भएको थियो, यो फिल्ममा उनी दोहोरो भूमिकामा थिइन् । पर्दामा देखिएपछि उनले आफ्नो उत्कृष्ट अभिनयले फ्यानको मन जितिन् । तब्बुको फ्यान फलोइङ करोडमा छ । उनी अहिले कम फिल्म गर्छिन् तर फ्यानहरु उनको फिल्म रिलिजको पर्खाइमा हुन्छन् । तब्बुले आफ्नो समयमा सबै ठूला स्टारसँग काम गरिसकेकी छिन् र थुप्रै हिट फिल्म दिएकी छिन् ।

प्रकाशित : बिहिबार, कार्तिक १७, २०७९११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री श्वेता खड्काले सार्वजनिक गरिन् छोरीको तस्बिर, तस्बिर सहित !