ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गर्दा शुभ-अशुभ योगहरू बनाउँछन्। वृश्चिक राशिमा नोभेम्बर १३ मा बुद्धादित्य राजयोग बन्न गइरहेको छ, जसको प्रभाव सबै राशिमा देखिनेछ। तर यस्ता ३ राशि छन्, जसले यस समयमा विशेष धन प्राप्त गर्न सक्छन्। आउनुहोस् जानौं यी कुन राशिका मानिस हुन्।
भविष्य पञ्चाङका अनुसार नोभेम्बर १३ मा बुध वृश्चिक राशिमा प्रवेश गर्नेछ। अर्कोतर्फ १६ तारिखमा सूर्य भगवान वृश्चिक राशिमा गोचर हुनेछन्। यी दुई ग्रहको मिलनबाट बुद्धादित्य राजयोग बन्नेछ।
यी राशिलाई हुनेछ अनेक लाभ
तुला राशि
बुद्धादित्य राजयोगको गठन हुँदा तुला राशिका लागि लाभदायक साबित हुन सक्छ। यस समयमा अचानक मौद्रिक लाभ हुन सक्छ। यसका साथै व्यपार र करियरमा प्रगति हुनसक्छ। साथै सूर्यदेवको प्रभावले काममा सफलता मिल्ने सम्भावना छ।
मकर राशि
मकर राशिका लागि बुद्धादित्य राजयोग बन्न गएकोले करियर तथा ब्यापारमा उन्नतिको सम्भावना छ। यस समयमा धेरै स्रोतहरूबाट पैसा कमाउन सक्षम हुनुहुनेछ। साथै, व्यापारमा ठूलो सम्झौता हुन सक्छ, जसको कारण राम्रो पैसा कमाउन सक्नुहुन्छ। साझेदारी व्यवसायमा लागेकाहरूका लागि पनि यो योग शुभ रहनेछ। कतै रोकिएको धन फिर्ता हुने सम्भावना छ।
मीन राशि
तपाईंको गोचर राशिफलको नवौं घरमा बुद्धादित्य राजयोग बन्न लागेको छ, जसलाई भाग्य र विदेशी ठाँउ मानिन्छ। तसर्थ, यस समयमा तपाईंले सबै कुरामा भाग्यको साथ पाउनुहुनेछ। साथै, तपाईं व्यापार सम्बन्धमा यात्रामा जान सक्नुहुन्छ। नोकरीमा उच्च पद प्राप्तिको सम्भावना छ। साथै, घरजग्गासँग सम्बन्धित मामिलाहरू सजिलै समाधान गर्न सकिन्छ। साथै सूर्यदेवको प्रभावले समाजमा मान सम्मान बढ्नेछ।