सन् २०२२ सकिन अब मात्र २ महिनाको समय बाँकी छ। यस वर्ष पक्कै पनि कसैका लागि राम्रो र कसैका लागि खराब रह्यो। अब डिसेम्बर २०२२ सम्मको यो बाँकी समय कस्तो हुन्छ भनेर सबैलाई उत्सुकता छ। यसको उत्तर ज्योतिष शास्त्रबाट पाउन सकिन्छ।
यो वर्ष धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गरेका छन्। कुनै ग्रहले एक राशिबाट अर्को राशिमा प्रवेश गर्दा सबै राशिमा राम्रो वा नराम्रो प्रभाव पार्छ। सूर्य, बुध, शुक्र र मंगलले आगामी केही महिनामा आफ्नो राशि परिवर्तन गर्नेछन्। अर्कोतर्फ, शनि ग्रह मार्गी हुनेछन्। यसको शुभ प्रभाव ४ राशिमा देखिनेछ।
मिथुन राशि
मिथुन राशिका लागि आगामी साढे तीन महिना निकै लाभदायक रहनेछ। यस अवधिमा तपाईंको जीवनमा धेरै सकारात्मक परिवर्तन हुनेछन्। धन आवागमन बढ्नेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। नोकरीमा पदोन्नति हुनेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ। प्रियजनसँग प्रेम बढ्नेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि डिसेम्बर २०२२ सम्मको समय शुभ रहनेछ। भाग्यले साथ दिनेछ। सूर्य र शुक्रको गोचरले आर्थिक लाभ दिनेछ। कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने यो समय उपयुक्त रहनेछ। पति पत्नीको सम्बन्धमा सुधार आउनेछ। सन्तान सुख मिल्नेछ। घरमा शुभ कार्य गर्नु शुभ रहनेछ। भाग्यले साथ दिनेछ।
धनु राशि
शुक्र र सूर्यको गोचरले धनु राशिका लागि शुभ समाचार ल्याउनेछ। आगामी साढे तीन महिनासम्म पैसाको कुनै कमी हुनेछैन। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना पनि रहेको छ। नयाँ कामको प्रस्ताव पनि पाउन सकिन्छ। भौतिक सुखसुविधामा वृद्धि हुनेछ। वर्षका बाँकी दिनहरु सुख शान्तिका साथ बित्नेछन्। स्वास्थ्य राम्रो रहनेछ।
मीन राशि
मंगल र बुधको राशि परिवर्तनले मीन राशिका व्यक्तिहरूलाई धन लाभ दिनेछ। करियरमा धेरै सकारात्मक परिवर्तन हुनेछन्। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। रोकिएको पैसा फिर्ता हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। अदालतमा मुद्दाहरू तपाईंको पक्षमा आउनेछन्। दु:खको अन्त्य हुनेछ।