आमा-हजुरआमाको भूमिकामा पनि अभिनय गर्न कुनै आपत्ति छैन- करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरलाई नेपाली चलचित्र क्षेत्रको सदाबहार नायिकाको रुपमा चिनिन्छ । अहिले अभिनेत्री उमेरले ५० वसन्त पार गरे पनि अभिनेत्री सुन्दरताले अहिलेका जवान अभिनेत्रीलाई टक्कर दिन्छ । कुनै कार्यक्रम तथा अन्तर्वार्तामा जान्दा अभिनेत्रीले लगाउने पहिरन पनि निकै आकर्षक हुने गर्दछ ।

लामो समय देखि अभिनेत्री करिश्मा कुनै पनि फिल्म देखिएकी छैनन् । तर पछिल्लो समय अभिनेत्री उनको व्यक्तिगत जीवन र राजनीतिक क्षेत्रमा देखाएको सक्रियताको कारण चर्चामा हुने गरेकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेत्रीलाई फिल्म आमा-दिदीको भूमिकामा बढी प्रस्ताव आउने गरेको चर्चा चलेको थियो । तर अभिनेत्री अहिले एक अन्तर्वार्ताको क्रममा अभिनेत्रीले यस कुरालाई अस्वीकार गरेकी छिन् ।

अभिनेत्री करिश्मा अभिनीत चलचित्र ‘बगान’को मंगलवार गीत रिलिज कार्यक्रममा अभिनेत्रीले भनिन् ‘मलाई चलचित्र क्षेत्रबाट आमा-हजुरआमा जस्तो भूमिकामा प्रस्ताव आए पनि मलाइ काम गर्न कुनै आपत्ति छैन तर सानो रोलमा काम गरेर आफ्ना फ्यानको अपेक्षालाई निराशामा बदल्न चाहन्न थिएँ ।

आफूले निभाउने भूमिकामा केही नयाँ होस् भन्ने चाहन्थेँ । चलचित्र ‘बगान’ बाट मैले खोजेको जस्तो भूमिकामा प्रस्ताव आयो। तर मलाई जस्तोसुकै भूमिकामा पनि अभिनय गर्न आपत्ति नभएको बताएकी छिन् ।’

प्रकाशित : मङ्गलबार, कार्तिक १५, २०७९१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट ५७ वर्ष लागे अभिनेता शाहरुख खान, हेर्नुहोस् अभिनेताको अहिलेसम्म नदेखिएको तस्बिर !