अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ !

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । अभिनेत्रीले आज मंगलबार अपराह्न ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । अभिनेत्री श्वेताले दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् ।  अभिनेत्री पछिल्लो समयमा चलचित्र ‘कान्छी’ मा देखिएकी थिइन् । जसमा उनको अभिनयको चर्चा हुनुको साथै चलचित्र राम्रो व्यापार गर्न सफल भएको थियो।

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा विभिन्न कारण तथा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण चर्चामा आउन सफल अभिनेत्री श्वेता खड्का पछिल्लो समयमा सामाजिक सञ्जाल तथा सामाजिक काममा निकै सक्रिय हुन थालेकी छिन् । केही समय पहिले अभिनेत्रीको अभियानमा सुरु गरिएको  सिन्धुपाल्चोकको माझी बस्तीको विषयलाई लिएर उनी चर्चा तथा विवादमा आएकी थिइन् ।

फिल्म कोहिनुर र कान्छीबाट चर्चा कमाउन सफल अभिनेत्री श्वेता खड्का यति बेला सबैको मनमा बस्न सफल भएकी छिन्। अहिले अभिनेत्री श्वेताको अभिनय भन्दा पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको कारण चर्चा रहने गरेकी छिन्।

केही दिन पहिलेसम्म अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उनको गर्भावस्थाको तस्बिर निकै भाइरल हुनुको साथै उनको फ्यानले निकै रुचाएका छन् ।

तस्बिर स्रोत: श्वेता  खड्का इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, कार्तिक १५, २०७९१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमा-हजुरआमाको भूमिकामा पनि अभिनय गर्न कुनै आपत्ति छैन- करिश्मा मानन्धर