विश्व सुन्दरी ऐश्वर्या रायको अहिलेसम्म नदेखिको तस्बिर, जसले मन्त्रमुग्ध बनाउनेछ !

एजेन्सी- बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नो सौन्दर्यका लागि मात्र होइन, उत्कृष्ट व्यक्तित्वको कारण देश तथा विदेशमा पनि परिचित छिन् । ऐश्वर्या रायले २१ वर्षको उमेरमा मिस वर्ल्डको उपाधि जितेर देश र विश्वमा आफ्नो पहिचान बनाएकी थिइन् । सफल अभिनेत्री बन्न निकै सङ्घर्ष गरे पनि अभिनय जगतमा पनि आफ्नो विशेष स्थान हासिल गरिन् । आज  हामी ऐश्वर्या राय बच्चनका केही यस्ता तस्बिरहरू देखाउन छौं जुन पहिले नदेखेको हुनसक्छ।

आत्मविश्वासका साथ मिस व-र्ल्डको ताज जितेकी ऐश्वर्या रायले प्रतियोगितामा सोधिएका प्रश्नको जवाफ यसरी दिएकी थिइन् कि सबै ढुक्क भए र उनको प्रतिभालाई सलाम गरे ।

सुरुका दिनमा ऐश्वर्या रायले असफलताको सामना गर्नु परेको थियो । आफ्ना फ्लप फिल्मबाट उनी यति विचलित भइन् र उनी डराउन थालिन्, तर उनले हार मानिनन् र आज ऐश्वर्या राय संसारमा एउटा ठूलो नाम बनेको छ ।


ऐश्वर्या रायले सानै उमेरमा विज्ञापनमा काम गर्न थालेकी थिइन् । नौ कक्षामा, उनले पेन्सिल ब्रान्डको लागि आफ्नो पहिलो विज्ञापन गरेकी थिइन् । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्या राई सन् १९९६ मा यस प्रतियोगिताको जज पनि भइन् ।

त्यति बेला भारतमा यो प्रतियोगिता भएको थियो, ऐश्वर्यासँगै आमिर खान पनि यस प्रतियोगिताको जजको कुर्सीमा बसेका थिए, उनीसँगै क्रिकेटर सनथ जयसूर्या पनि थिए ।

फिल्ममा सफलता पाउनुअघि ऐश्वर्याले धेरै मोडलिङ असा:इन-मेन्ट गरिन्, त्यो बेलाको तस्बिरहरु अहिले पनि सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ ।  यही हो । त्यति बेला ऐश्वर्याले निकै सङ्घर्षका दिन बिताएकी थिइन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक १५, २०७९१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ !