चलचित्र हि-ट हुँदा पनि चर्चामा आउन सकिनन् अभिनेत्री क्रि:स्टिना !

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अभिनेता, अभिनेत्री, कलाकारलाई त्यति सजिलो छैन। पछिल्लो समय लगातार नेपाली चलचित्र फ्लप भइरहेका छन् । यस्तो अवस्था केही चलचित्र मात्र हि-ट हुन सफल भएका छन् । त्यस मध्य केही समय पहिले प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत ३’ जसलाई दर्शकले निकै रुचाएका थिए ।

फिल्म प्रेम गीत हिन्दी भाषामा पनि अनुवाद भएर भारतमा प्रदर्शन भएको पहिलो चलचित्र हो । जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्रले राम्रो कमाइ गर्नुको साथै चलचित्रमा देखाएको दृश्यको नेपाल सहित भारतमा निकै चर्चा भएको थियो ।

चलचित्रमा अभिनेता प्रतिप खड्काको अभिनयको चर्चा हुनुको साथै अभिनेत्री क्रिस्टिना गुरुङको सुन्दरताको निकै चर्चा भएको थियो । चलचित्र समीक्षकहरूले फिल्मको कमजोर पक्षमध्ये क्रिस्टिनाको अभिनयलाई पनि देखाएका छन् ।

सामाजिक सञ्जालमा अभिनेत्री क्रिस्टिनाको ठूलो सङ्ख्यामा फ्यानहरु रहेका छन् । जब अभिनेत्री उनको कुनै तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् तब भाइरल हुन केही समय लाग्दैन ।

प्रकाशित : आइतबार, कार्तिक १३, २०७९१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चा अभिनेत्री श्वेताले सामाजिक सञ्जालमा सार्वजनिक गरेको गर्भावस्थाको तस्बिर, १० तस्बिर सहित !