चर्चा अभिनेत्री श्वेताले सामाजिक सञ्जालमा सार्वजनिक गरेको गर्भावस्थाको तस्बिर, १० तस्बिर सहित !

अभिनेत्री श्वेता खड्का पछिल्लो समय अभिनय क्षेत्रमा सक्रिय नभए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री पछिल्लो समयमा चलचित्र ‘कान्छी’ मा देखिएकी थिइन् । जसमा उनको अभिनयको चर्चा हुनुको साथै चलचित्र राम्रो व्यापार गर्न सफल भएको थियो।

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा विभिन्न कारण तथा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण चर्चामा आउन सफल अभिनेत्री श्वेता खड्का पछिल्लो समयमा सामाजिक सञ्जाल तथा सामाजिक काममा निकै सक्रिय हुन थालेकी छिन् । केही समय पहिले अभिनेत्रीको अभियानमा सुरु गरिएको  सिन्धुपाल्चोकको माझी बस्तीको विषयलाई लिएर उनी चर्चा तथा विवादमा आएकी थिइन् ।

फिल्म कोहिनुर र कान्छीबाट चर्चा कमाउन सफल अभिनेत्री श्वेता खड्का यति बेला सबैको मनमा बस्न सफल भएकी छिन्। अहिले अभिनेत्री श्वेताको अभिनय भन्दा पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको कारण चर्चा रहने गरेकी छिन्।

अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा उनको गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई उनको फ्यानले निकै रुचाएका छन् ।


तस्बिरमा देख्न सकिन्छ अभिनेत्री रातो राशिमा देखिएकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर उनको फ्यानहरुले निकै मन पराएका छन् । तस्बिरमा अभिनेत्रीको साथै उनको श्रीमान् पनि देखिएका छन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तस्बिर स्रोत: श्वेता  खड्का इन्स्टाग्राम

प्रकाशित : आइतबार, कार्तिक १३, २०७९१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विराट कोहलीको बेडरुमको भिडियो लि:क भएपछि आक्रोशित भइन् अनुष्का शर्मा, भनिन्– जसले यस्तो सोच्छ…