कुन राशिमा रहन्छ कुन भगवानको विशेष कृपा ? थाहा पाउनुहोस् तपाईमा कसको छ आशिर्वाद

एजेन्सी, प्राय: मानिसहरुको मनमा कुन देवीदेवताको पूजा गर्नु फलदायी रहन्छ भन्ने प्रश्न आउने गर्दछ । ज्योतिष शास्त्रअनुसार, अलग-अलग राशिको अलग-अलग देवता हुने गर्दछ। राशिनुसार देउताको  पुजा गर्नाले लाभ प्राप्त हुनेगर्दछ  । प्रत्येक देवी-देवता कुनै न कुनै ग्रहसँग सम्बन्धित हुन्छन् । यस्तोमा यदि कुनै देवी-देवता मानिसको कुण्डलीको ग्रह स्थितिसँग मेल खादैन भने ति मानिसलाई पूजा-पाठबाट अनुकूल परिणाम मिल्दैन ।  मान्यता अनुसार आफ्नो कुण्डलीको ग्रह स्थितिको अनुसार नै देवी-देवता छान्नु राम्रो  हुने गर्दछ । कुण्डली अनुकूल देवी-देवता जान्नको लागी जातकको कुण्डलीको प्रथम भाव, पंचम भाव र नवम भावबाट छान्न उत्तम हुने गर्दछ ।

मेष लग्न :- यस लग्नको प्रथम भावमा मेष राशि, पंचम भावमा सिंह राशि वा नवम भावमा धनु राशि हुने गर्दछ।  अतः यी जातकको लागी हनुमान जी, सूर्य देव, श्री राम व भगवान विष्णु भगवानको पुजा गर्नु  उत्तम र फलदायक हुनेछ ।

वृष लग्न :- यस लग्नको प्रथम भावमा वृष राशि, पंचम भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्दछ। अतः यी जातकको लागी हनुमान माता लक्ष्मी, गणेश वा माता दुर्गा भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

मिथुन लग्न :- यस लग्नको प्रथम भावमा मिथुन राशि, पंचम भावमा तुला राशि वा नवम भावमा कुम्भ राशि हुने गर्दछ। यी जातकको लागी गणेश , लक्ष्मी र शनि देवको उपासना उत्तम र फलदायक हुन्छ ।

कर्कट लग्न :- यस लग्नको प्रथम भावमा कर्कट राशि, पंचम भावमा वृश्चिक राशि वा नवम भावमा मीन राशि हुने गर्दछ। यी जातकको लागी शिव ,हनुमान  तथा विष्णु भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

सिंह लग्न:- यस लग्नको प्रथम भावमा सिंह राशि, पंचम भावमा धनु राशि वा नवम भावमा मेष राशि हुने गर्दछ।अतः यी जातकको लागी सूर्य देव, विष्णु जी वा हनुमान जीको उपासना उत्तम र फलदायक हुन्छ ।

कन्या लग्न:- यस लग्नको प्रथम भावमा कन्या राशि, पंचम भावमा मकर राशि वा नवम भावमा वृष राशि हुने गर्दछ। अतः यी जातकको लागी गणेश , माता दुर्गा तथा लक्ष्मी भगवानको उपासना उत्तम र फलदायक हुन्छ।

तुला लग्न:- यस लग्नको प्रथम भावमा तुला राशि, पंचम भावमा कुम्भ राशि वा नवम भावमा मिथुन राशि हुने गर्दछ।  अतः यी जातकको लागी लक्ष्मी, माता काली, माता दुर्गा वा गणेश भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

वृश्चिक लग्न:- यस लग्नको प्रथम भावमा वृश्चिक राशि, पंचम भावमा मीन राशि वा नवम भावमा कर्कट राशि हुने गर्दछ। अतः यी जातकको लागी हनुमान , विष्णु  तथा शिव भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

धनु लग्न:- यस लग्नको प्रथम भावमा धनु राशि, पंचम भावमा मेष राशि वा नवम भावमा सिंह राशि हुने गर्दछ। अतः यी जातकको लागी विष्णु ,हनुमान,   सूर्य वा श्री रामको उपासना उत्तम र फलदायक हुन्छ ।

मकर लग्न:- यस लग्नको प्रथम भावमा मकर राशि, पंचम भावमा वृष राशि वा नवम भावमा कन्या राशि हुने गर्दछ।  अतः यी जातकको लागी शनि देव, हनुमान, माता दुर्गा, लक्ष्मी वा गणेश भगवानको उपासना उत्तम र फलदायक हुन्छ।

कुम्भ लग्न:- यस लग्नको प्रथम भावमा कुम्भ राशि, पंचम भावमा मिथुन राशि वा नवम भावमा तुला राशि हुने गर्दछ। अतः यी जातकको लागी शनि देव, माता काली, गणेश , माता दुर्गा तथा माता लक्ष्मीको उपासना उत्तम र फलदायक हुन्छ ।

मीन लग्न:- यस लग्नको प्रथम भावमा वृष राशि, पंचम भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्दछ।  अतः यी जातकको लागी माता लक्ष्मी, गणेश वा माता दुर्गाको उपासना उत्तम र फलदायक हुन्छ ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिका मानिसलाई अत्यन्त फाप्छ चाँदी, लगाउँदा हुन्छ अनेक फाइदा !