यी राशिका मानिसलाई अत्यन्त फाप्छ चाँदी, लगाउँदा हुन्छ अनेक फाइदा !

ज्योतिषशास्त्रमा चाँदी चन्द्रमा र शुक्र ग्रहसँग सम्बन्धित छ । चाँदी धारण गर्दा जल तत्व र धातु नियन्त्रण हुन्छ। चाँदी लगाउँदा हाम्रो क्रोधलाई पनि कम गर्छ। धर्मशास्त्रका अनुसार यो भगवान शिवशंकरको आँखाबाट उद्भव भएको थियो। चाँदी मध्य मूल्यवान भएकाले यसको प्रयोग धेरै हुन्छ। चाँदी एक चम्किलो र सेतो धातु हो जुन हाम्रो जीवनमा दैनिक प्रयोग हुने मुख्य धातु पनि हो। धार्मिक दृष्टिकोणबाट चाँदीलाई सबैभन्दा पवित्र र सात्विक धातुको रूपमा लिइन्छ। यसै कारणले, सर्वसाधारणको जीवनमा चाँदीलाई उच्च महत्त्वको रूपमा लिइन्छ।

शरीर र ग्रहमा पार्छ असर 

शुद्ध चाँदीको प्रयोगले मन-मस्तिष्कलाई तेज तथा बलियो बनाउँछ। शुद्ध चाँदीको प्रयोगले कुण्डलीमा पीडित चन्द्रमालाई बल दिन्छ र चन्द्रमाले शुभ प्रभावहरू दिन सुरू गर्छ। चाँदीको प्रयोगबाट शुक्र शक्तिशाली हुन्छ। यदि शुद्ध मात्रामा र चाँदी सहि रूपमा प्रयोग गरियो भने, हाम्रा शरीरमा रहेका विषजन्य पदार्थ बाहिर लिस्किन्छ साथै हाम्रो छाला चम्किलो हुन्छ।चाँदी जति शुद्ध हुन्छ त्यति नै राम्रो परिणाम मिल्नेछ। चाँदीको साथ सुन मिसाएर विशेष दशा कटाउनको लागि लगाउन सकिन्छ। ध्यान राख्नुहोस् कि चाँदीको भाँडा जहिले पनि सफा राख्नुपर्छ त्यसपछि मात्र प्रयोग गर्नुपर्छ। भावनात्मक समस्या भएकाहरूले चाँदीको प्रयोगमा सधैं सावधानी अपनाउनु पर्छ।

राशि अनुसार हेर्ने हो भने कर्कट, वृश्चिक र मीन राशिका मानिसको लागि चाँदीको प्रयोग गर्नु निकै उत्तम मानिन्छ। तर मेष, सिंह, धनु राशिका लागि भने चाँदीको प्रयोग गर्नु अशुभ मानिन्छ। अन्य राशिका लागि भने असर सामान्य रहन्छ।

धन प्राप्ति 

कान्छी औंलामा शुद्ध चाँदीको औठी लगाउनु राम्रो मानिन्छ। यसका कारण अशुभ चन्द्रमाले पनि  शुभ प्रभावहरू दिन सुरू गर्छ र मन र मस्तिष्कको सन्तुलन अझ राम्रो हुन्छ। यसो गर्दा धन प्राप्ति पनि हुन्छ।

स्वास्थ्य 

चन्द्रमाको मन्त्रले भरिएको शुद्ध चाँदीको ब्रासलेट धारण गर्नाले बाथ, पित्त र कफ जस्ता समस्या हटाउँछ। यसले हाम्रो शरीरलाई स्वस्थ राख्छ। यसो गर्नाले हामी बारम्बार बिरामी हुने समस्या पनि हट्छ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राशि अनुसार तपाईंलाई कुन क्षेत्रको काम फाप्छ त ? हेर्नुहोस् !