लिङ्देन भन्छन् – ‘हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा लिङ्देनले राप्रपाको मुख्य चुनावी प्रतिस्पर्धा एमालेसँग हुने बताएका हुन्।

आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले एमाले बाहेक अन्य कुनै पनि पार्टीले उम्मेदवार सय समेत कटाउन नसकेको बताए। नेकपा एमालेको हाराहारीमा उम्मेदवारी दिनसक्ने पार्टी राप्रपा मात्रै भएको उनको दावी छ।

“यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरुको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् ।”,उनले भने।

त्यस्तै उनले प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने दावी समेत गरेका छन्। राप्रपाले अघिल्लो निर्वाचनका बेलाभन्दा राम्रो प्रगति गर्ने लिङ्देनको अनुमान छ। विपक्षी दलहरुले सानो पार्टी भनेर हेला गर्ने गरे पनि यसपटकको निर्वाचनमा जनताले राप्रपालाई अगाडि बढाउने लिङ्देनले दावी गरे।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“गठबन्धनले नजिते देश दुर्घटनामा पर्छ”