टिक्दै टिक्दैन तपाईंको हातमा पैसा ? आजैबाट गर्नुहोस् यस्ता सरल उपाय, हुनेछ चमत्कार !

आजको समयमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमा लाग्छ । यहाँ सम्म कि यसको महत्व हाम्रो जिवनमा कति सम्म रहन्छ कतिपयलाई ख्याल नै हुदैन । तर यति मेहनत गरेर कमाएको पैसा हाम्रो हातमा टिक्दैन, जसले कुनै समयमा ठुलो समस्या उत्पन्न गर्न सक्छ । यदि तपाईंको हातमा पैसा टिक्दैन भने यसको मतलब यो पनि हो कि माता लक्ष्मी तपाईंसँग सन्तुष्ट छैनिन्न वा माता लक्ष्मीको कृपा तपाईं माथि छैन।

यदि तपाईंले लक्ष्मी मातालाई प्रशन्न पार्न सक्नु भयो भने तपाईंलाई कहिल्यै पनि धनको कमी हुँदैन। आज हामी तपाईंलाई यस्ता उपायको बारेमा बताउँछौं जसको प्रयोग गरेर तपाईंले माता लक्ष्मीलाई प्रशन्न पार्न सक्नुहुन्छ र तपाईंको हातमा पैसा टिक्न सुरु हुन्छ।

महिलाको आदर तथा सम्मान 

जुनै पनि शास्त्रमा उल्लेख गरिएको छ कि जुन घरमा महिलाको आदर हुँदैन, त्यो घरमा कहिल्यै पनि लक्ष्मीको बास हुँदैन। त्यसैले, यदि तपाईं पनि आफ्नो जीवन पनि कहिल्यै पैसा तथा धन सम्पत्तिको कमी नहोस् भन्ने चाहनुहुन्छ भने घरमा रहेकी महिला वा घरमा आउने महिला पाहुनाको सधैं आदर-सत्कार गर्नुहोस्। यसो गर्नाले माता लक्ष्मी प्रशन्न हुन्छिन्।

शुक्रबारको व्रत 

शुक्रबार माता लक्ष्मीलाई समर्पित रहेको छ। यस दिन माता लक्ष्मीको पूजा आराधना तथा व्रत राखेर मातालाई प्रशन्न पार्न सकिन्छ। शुक्रबारको दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी सफा तथा शुद्ध कपडा लगाएर पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा तपाईं माथि सधैं रहन्छ।

शुक्र ग्रह 

कुण्डलीमा शुक्र ग्रह बलियो स्थितिमा रहेको मानिसलाई सधैं लक्ष्मी माताको कृपा रहन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुखरसमृद्धिको कारक मानिन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा शुक्र ग्रह कमजोर छ भने उसको जिन्दगी तथा परिवारमा आर्थिक समस्या सुरु हुन्छ। यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन्छ भन्ने विश्वास रहेको छ। यसो गर्नाले तपाईं माथि सधैं लक्ष्मी माताको कृपा रहन्छ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता काम हुने घरमा कहिल्यै हुँदैन माता लक्ष्मीको बास !