यस्ता काम हुने घरमा कहिल्यै हुँदैन माता लक्ष्मीको बास !

माता लक्ष्मी धन, वैभव तथा ऐश्वर्यकी देवी हुन्। त्यसैले, हरेक मानिस चाहन्छ कि उसको शिरमा माता लक्ष्मीको कृपा सधैं रहोस्। कतिपय समय देख्न सकिन्छ कि तमाम प्रायस पछि पनि केहि मानिसहरुमा सधैं धनको कमी रहन्छ। धार्मिक मान्यता अनुसार यसको पछाडी धेरै कारण हुनसक्छ। जसका कारण घरमा पूजा-आराधना र सबै प्रकारका प्रयास गर्दा पनि माता लक्ष्मीको बास हुँदैन। यस्तोमा, जान्नुहोस् कि के कारणले गर्दा माता लक्ष्मीको कृपा प्राप्त हुँदैन।

महिला र वृद्ध मानिसको अपमान गर्ने ठाउँमा कहिले पनि लक्ष्मीले बास गर्दिनन्। सनातन धर्ममा महिलालाई आमा अन्नपूर्णा र लक्ष्मीको स्वरूप मानिन्छ। जो मानिसले घरका र बाहिरका महिलाको सम्मान गर्दैनन्, उसको घरमा सधैं गरिबीले मात्र ठाउँ ओगट्छ। जहाँ आफू भन्दा ठूला मनैअको सम्मान हुँदैन, त्यहाँ माता लक्ष्मीको कृपा कहिल्यै हुँदैन।

जुन घरमा सँधै हल्ला र कलहको वातावरण हुन्छ। मानिसहरु एक अर्कासँग झै-झागडा गर्ने, अपशब्द बोल्छन्। यस्तो घरमा माता लक्ष्मीको कहिल्यै बास हुँदैन। घरमा सधैं शान्तिपूर्ण तथा सकारात्मक वातावरण हुनुपर्छ। जो मानिस मधुर बोली बोल्छन्, अरुलाई मद्दत गर्न सधैं तयार हुन्छन्, यस्ता मानिसको घरमा सधैं लक्ष्मीको बास हुन्छ।

जुन घरमा सर-सफाईको ध्यान दिइदैन। जुन घरका मानिस बिहान ढिलोसम्म सुत्छन्, बिहानको समयमा पनि पूजा गर्दैनन्। यस्ता घरमा सधैं धनको कमी रहन्छ। त्यस्तै, जो मानिस अल्छी हुन्छन् तिनीहरुले पनि कहिल्यै प्रगति गर्न सक्दैनन्। त्यसकारण मानिसले आफूमा रहेको यस्ता अवगुणहरू त्याग्नु पर्छ। राति कहिल्यै पनि भान्सामा जुठो भाँडा छाड्नु हुँदैन। यसो गर्नाले घरमा धन सम्बन्धि समस्याले सताउन सक्छ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिमा हुन्छ भगवान गणेशको विशेष कृपा, सुख-समृद्धले भरिन्छ जीवन