दीपावलीको हरेक दिन दैनिक जप गर्नुहोस् यी ३ महालक्ष्मीको मन्त्र, कहिल्यै हुँदैन धनको कमी !

माता लक्ष्मीलाई हिन्दू धर्ममा धनकी देवी मानिन्छ। भनिन्छ, जसले माता लक्ष्मीको मन्त्रको विधिपूर्वक जप गर्छ, उसको जीवनमा धनको कुनै समस्या हुँदैन। यदि जीवनमा धन सम्बन्धि समस्या सधैं रहन्छ भने, लक्ष्मीजीको मन्त्रको जप तपाईंको लागि फलदायी साबित हुन सक्छ। शास्त्र अनुसार समुन्द्र मन्थनका क्रममा लक्ष्मीले आठौं रत्नको रुपमा अवतार ग्रहण गर्नुभएको थियो। माता लक्ष्मीलाई सौभाग्य र धनकी देवीका रूपमा पूजा गरिन्छ। जान्नुहोस् माता लक्ष्मीका सबैभन्दा प्रभावकारी मन्त्रहरू।

माता लक्ष्मीको बीज मन्त्र  

“ओम् ह्रीं श्री लक्ष्मीभ्यो नमः” यो मन्त्रको जप गर्नाले आत्मविश्वास बढ्छ। आर्थिक समस्याको अन्त्य हुनेछ। दु:खहरू नाश हुन्छन्। यो मन्त्रले देवी लक्ष्मी प्रसन्न हुन्छिन्। यस बीज मन्त्रको अर्थ यो हो कि हे परमपिता परमात्मा, हे महामाया, हे माता लक्ष्मी, मेरो दुःखलाई परास्त गरेर मलाई समृद्धि दिनुहोस्।

लक्ष्मी गायत्री मन्त्र 

“ओम् श्री महालक्ष्मीयै च विद्महे विष्णु पतनयै च धिमहि तन्नो लक्ष्मी प्रचोदयात ओम” यो मन्त्र जो व्यक्तिले निष्कपट मनले जप्छ, उसको जीवनका सबै दु:खहरू हट्छन्। यसका साथै जीवनमा सुख-समृद्धि पनि आउँछ। यो मन्त्रको निरन्तर जपले तपाईंको जीवनमा सकारात्मकता ल्याउने काम गर्दछ।

महालक्ष्मी मन्त्र 

“ओम श्री ह्रीं श्रीं कमले कमलये प्रसीद प्रसीद ओम श्रीं ह्रीं श्रीं महालक्ष्मीये नमः” माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न यो मन्त्रको जप गरिन्छ। विशेषगरी यो मन्त्रको जप गर्नाले ऋणबाट मुक्ति हुने विश्वास रहेको छ। कमलगट्टेको मालाले यो मन्त्रको जप दिनहुँ गर्नाले कुनै पनि प्रकारको ऋणबाट मुक्ति मिल्नेछ।

मन्त्र जप गर्ने विधि 

मन्त्र जप गर्नुअघि घरको मन्दिरमा शुद्ध घिउको दियो बाल्नुहोस्। माता लक्ष्मीको मन्त्र क्रिस्टलको माला वा कमलगट्टेको मालाले जप गर्नुपर्छ। मन्त्र जप गर्दा कम्तिमा ३ वटा माला जप गर्नुपर्छ। आसनमा बसेर मन्त्र जप्नुहोस्। जप पूरा गरेपछि मालालाई आफ्नो स्थानमा राख्नुहोस्।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिक्दै टिक्दैन तपाईंको हातमा पैसा ? आजैबाट गर्नुहोस् यस्ता सरल उपाय, हुनेछ चमत्कार !