हिन्दू धर्ममा लक्ष्मीलाई धनकी देवी मानिन्छ। लक्ष्मी माताको आशीर्वाद रहेको मानिसको जीवनमा सुख-सुविधाको कमी कहिल्यै हुँदैन। शास्त्रमा यो पनि भनिएको छ कि लक्ष्मी माताको कृपाले मात्र मानिसलाई धन र अन्न प्राप्त हुन्छ। त्यसैले लक्ष्मी मातालाई प्रसन्न पार्न मानिसहरुले विभिन्न उपाय अपनाउने गर्दछन्। आज यहाँ हामी माता लक्ष्मीको कृपा प्राप्त गर्नका लागि केही यस्ता उपाय बताउन गइरहेका छौँ, जसलाई बिहान अपनाउँदा धेरै धनलाभ हुने गर्छ।
ज्योतिष शास्त्रका अनुसार बिहान नुहाएर तुलसीको बोटमा जल चढाउनुपर्छ। किनभने तुलसीको बोटलाई लक्ष्मीको वासस्थान मानिन्छ। तुलसीको बिरुवामा जल चढाउँदा सुख समृद्धि प्राप्त हुने विश्वास रहेको छ। तुलसीलाई जल चढाउँदा भगवान विष्णुको यो मन्त्र ‘ओम नमो भगवते वासुदेवाय’ जप गर्नुपर्छ।
बिहान सबेरै उठेर नुहाएर तामाको भाँडोमा पानी भरेर उदाउँदो सूर्यलाई अर्पण गर्नुहोस् र त्यसमा सिन्दुर र फूलहरू हालेर उदाउँदो सूर्यलाई अर्पण गर्नुहोस्। यसो गर्नाले देवी लक्ष्मीको कृपा प्राप्त हुने विश्वास रहेको छ। साथै, व्यक्ति सधैं स्वस्थ र निरोगी रहन्छ।
बिहानको समयमा दैनिक रूपमा घरको सफाई गर्नुहोस्। भनिन्छ माता लक्ष्मी सफा घरमा मात्र बास गर्छिन्। घर सफा गरेपछि घरको मुख्य प्रवेशद्वारमा घ्यूको दियो बाल्नुहोस्। घरको मुख्य प्रवेशद्वारमा नियमित दीप प्रज्वलन गर्नाले हरेक विपत्तिबाट मुक्ति मिल्ने विश्वास रहेको छ। योसँगै माता लक्ष्मीको आगमन हुन्छ।
दैनिक पूजा गरेपछि निधारमा तिलक लगाउनुहोस्। तिलक लगाउनुलाई शास्त्रमा धेरै शुभ मानिएको छ। यसबाट शान्ति, आराम मिल्नुका साथै माता लक्ष्मीको कृपा पनि प्राप्त हुन्छ। दैनिक चन्दनको तिलक लगाउनु सबैभन्दा शुभ मानिन्छ।
हरेक बिहान नुन पानीले घर पुछ्नु शुभ मानिन्छ। भनिन्छ यसो गर्नाले वास्तु दोष हटाउनुसँगै देवी लक्ष्मीको कृपा पनि प्राप्त हुन्छ।