दीपावली विशेष: यस राशिका मानिससँग छिट्टै प्रशन्न हुन्छिन् माता लक्ष्मी !

ज्योतिष शास्त्रमा १२ राशिको बारेमा उल्लेख गरिएको छ। यसमा कन्या राशिको विशेष स्थान हुन्छ। राशिचक्र अनुसार कन्या राशि छैठौं राशि हो। र यसको चिन्ह कुमारी हो। यसको अर्थ शुद्धता हो। त्यसैले कन्या राशिमा माता लक्ष्मीको विशेष कृपा हुने विश्वास गरिन्छ। ज्योतिषशास्त्रका अनुसार आर्थिक संकटबाट गुज्रिरहेका व्यक्तिले लक्ष्मीको कृपा प्राप्त गर्न शुक्रबार यी उपाय गर्न सक्छन्।

शुक्रबारको दिन गर्नुहोस् यस्ता उपाय 

ज्योतिष शास्त्रका अनुसार कन्या राशि भएका व्यक्तिहरुसँग लक्ष्मी चाँडै प्रसन्न हुन्छिन्। यस्तो अवस्थामा कन्या राशिका व्यक्तिले शुक्रबार व्रत राखेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ। कन्या राशिको स्वामी बुध ग्रह हो। र बुध बुद्धिसँग सम्बन्धित छ। त्यसैले यस्ता मानिसलाई बुद्धिमानी मानिन्छ। शास्त्र अनुसार कन्या राशिका मानिसहरु दोहोरो स्वभावका हुन्छन्।

हनुमानको पूजा 

ज्योतिष शास्त्रका अनुसार मंगलबार र शनिबार हनुमानजीलाई सिन्दुर र चमेलीको तेल चढाउँदा आर्थिक समस्याबाट मुक्ति मिल्ने विश्वास रहेको छ। शनिबार शनिदेवलाई कृपा गरी शनिसँग सम्बन्धित वस्तुहरू दान गर्नुहोस्। रातो रुमाल साथमा राख्नुहोस्। गरिबको सेवा गर्नु र नारीको सम्मान गर्नाले माता लक्ष्मीको कृपा मिल्छ।

क्रोध र अहंकारबाट दूरी 

धार्मिक मान्यता अनुसार लक्ष्मीलाई क्रोध र अहंकार पटक्कै मन पर्दैन। यसका साथै सरसफाईको ख्याल नगर्नेहरूबाट माता लक्ष्मी पनि टाढा रहन्छिन्। नियम र अनुशासनको पालना गर्ने मानिसहरूसँग माता लक्ष्मी प्रशन्न हुन्छिन्। त्यसैले यी कुरालाई सधैं ध्यानमा राख्नुहोस्।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहारको हरेक बिहान अवश्य गर्नुहोस् यस्ता ५ कार्य, हुन्छिन् माता लक्ष्मी अति प्रशन्न !