यी हुन् यस साताका शुभ राशि।
मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राम्रो खालको साता छ । दौडधुप धेरै गर्नुपर्ला । यात्रा पनि होला । खर्च त घट्ने छैन तर आम्दानी राम्रोसँग हुनाले खास समस्या पर्ने देखिन्न । बुधबारसम्म राम्रो छ । बिहीबार र शुक्रबार भने सानोतिनो चिन्ता पर्न सक्छ ।
सिंह राशि (मा मि मु मे मो टा टी टू टे)
रमाइलो खालको साता छ । सुरुका दिनमा इष्टमित्रबाट निम्तो आउन सक्छ । मनोरञ्जनको काममा निकै खर्च गरिएला । खास ठोस काम भने हुने छैन । पढाइ र लेखाइमा कम समय गए पनि अलिकति परिश्रमले निकै काम गर्ला ।
मकर राशि (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
साताको सोमबार मध्यम छ । मङ्गलबारदेखि भने राम्रा कुरा हुनसक्छन् । आफन्तसँग भेटघाट भएर पनि ठूलो उपलब्धि हुने देखिन्न । व्यापार र व्यवसायसम्बन्धी काममा फाइदा छ । शिक्षाको क्षेत्रमा दिएको समय खेर जाने छैन । पीपलमा जल नित्य हालिरहनुहोस् ।
मीन राशि (दी दू थ झ दे दो चा ची)
यो साता पैसाको बचत होलाजस्तो छैन । यद्यपि थोरै भए पनि आम्दानी भई नै रहला । मद्दत दिने मित्रको सङ्ख्या सीमित मात्र छ । रिस गर्नेहरू भने बढी नै छन् । पढाइ र लेखाइमा दिएको समयले राम्रै प्रगति गर्नेछ । व्यापार–व्यवसायबाट मध्यम लाभ मात्रै होला ।