हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिलाई अशुभ हुनेछ जान्नुहोस्।
वृष राशि (इ उ ए ओ वा वी वु वे वो)
साताको सुरुका दिनमा निकै खर्च होला । खेलबाडतिर लाग्दा हानि हुनसक्छ । मङ्गलबारदेखि भने राम्रो फल प्राप्ति हुने समय छ । वादविवाद वा मुद्दामामिलामा तपाईंको विजय हुनसक्छ । पढाइमा ध्यान दिए त्यसमा पनि प्रगति होला । नातेदारबाट भने ठूलो मद्दतको आस नगर्नुहोस् ।
मिथुन राशि (का कि कु घ ङ छ के को हा)
शनिबार केही काम बने पनि आइतबारदेखि बुधबारसम्मका दिन समस्या खडा गर्ने खालका छन् । बिहीबार र शुक्रबार राम्रा खालका छन् । हातले समातेको व्यवसायले समस्या समाधान गर्न मद्दत देला । मुखबाट बोली निकाल्दा निकै धैर्य गर्नुहोस् ।
कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)
मान–प्रतिष्ठा बढ्ने समय छैन । बरु पछाडि बसेर काम बिगारिदिने मित्र बढी छन् । स्वास्थ्य मध्यम खालको मात्र रहला । आर्थिक स्थिति भने त्यति डरलाग्दो छैन । खासगरी प्राविधिक खालको कामले मद्दत देला । पढाइ एवं लेखाइमा प्रगति नै हुने समय छ ।
कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)
यो साता रमाइलो गर्नमा बढी खर्च होला । पैसाको बचत देखिन्न । परिश्रम त गरिएला तर आवश्यकभन्दा अनावश्यक क्षेत्रमा नै । विवाहसम्बन्धी कुरामा प्रगति होलाजस्तो छ । लामो विदेश यात्राको सम्भावना देखिन्न । व्यापार व्यवसायबाट भने फाइदा नै छ ।
तुला राशि (र रि रु रे रो ता ति तु ते)
यो साता खर्च घट्ने छैन तर राम्रै काममा खर्च हुनाले मानसिक चिन्ता पर्ने देखिन्न । पढाइमा त्यति समय जाला जस्तो छैन । रमाइलो गर्नतिर मन आकृष्ट होला । भगवतीको आराधनाले सही बाटोतिर मन लाग्न सक्छ । आफन्तको सहयोग सामान्य खालको मात्र रहला ।
कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)
साताको बुधबारसम्म राम्रा छैनन् । बन्ला–बन्ला जस्तो भएर काम बिग्रनेछ । बिहीबार र शुक्रबारले मात्रै राहत देला । सम्मान र प्रतिष्ठा पूरा बढ्ने देखिन्न । गणेशको नित्य दर्शन गर्नुहोस् । त्यस्तै शनिको आराधना गर्न पनि नबिर्सनुहोस् । विवाहसम्बन्धी कुरामा हाल मध्यम स्थिति छ ।