४५ वर्षीय मिका सिंहले छोरी समानको १२ वर्षीय बालिकासँग रोमान्स गरेपछि मच्चियो हङ्गामा..

काठमाडौँ : सोशल मिडिया सेन्सेसन रिवा अरोडा(टिन इन्फ्ल्युएन्सर-एक्ट्रेस) को स्टारसँगको डान्सिङ भिडियो त देख्नु भएकै होला। रिवाले आफूभन्दा ठूला स्टारसँग डान्स या रोमान्स गरेको रिल्स भिडियो भाइरल हुने गर्छन्। हालै रिवाले करण कुन्द्रा र गायक मिका सिंहसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ। त्यसपछि अरु के चाहियो, १२ वर्षकी बालिकासँग रोमान्स गरेको भन्दै करण कुन्द्रा र गायक मिका सिंहको चर्को आलोचना भईरहेको छ। रिवाको अभिभावकको पनि व्यापक आलोचना भईरहेको छ।

रिवाको एउटा पुराना भिडियो भाइरल भईरहेको छ जसमा उनी मिका सिंहसँग डान्स गरिरहेकी छिन्। १२ वर्षीया रिवासँग मिकाको रोमान्टिक डान्स मानिसहरूलाई फिटिक्कै मन परिरहेको छैन्। इन्टरनेट युजरका अनुसार आफ्नी छोरी समानको बालिकासँग डान्स गर्नु बिल्कुलै गलत कुरा हो। ४५ वर्षीय मिकालाई मानिसहरुले नराम्ररी गालीगलौज गरेका छन्। रिवाका अभिभावक पनि ट्रोलर्सको निशानामा परेका छन्।

एक युजरले लेखेका छन् – ‘के उनी साँच्चै १२ वर्षकी हुन् र ? उनको शारीरिक बनावट हेर्दा त विश्वासै लागिरहेको छैन।’ यूजर्सले यसका लागि रिवाका आमाबुवालाई दोष दिइरहेका छन्।

रिवा बाल कलाकार हुन्। सन् २०१९ मा आएको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ मा उनको रुँदै गरेको दृश्य थियो। जान्हवी कपूरको फिल्म ‘गुञ्जन सक्सेनाद कारगिल गर्ल’ मा रिवा योङ गुञ्जन बनेकी थिईन्। आफ्नो मेहनतका बलबुतोमा रिवा सानै उमेरमा सामाजिक सञ्जालमा निकै चर्चित हुन् सफल भएकी छिन्। रिवाको इन्स्टाग्राममा ८.३ मिलियन फलोअर्स छन्। उनी थुप्रै म्युजिक भिडियोहरुमा पनि देखिएकी छिन्। रिवा एक स्टाइल आइकन हुन्। रिवा वास्तविक जीवनमा निकै ग्ल्यामरस छिन्।

प्रकाशित : शनिबार, कार्तिक ०५, २०७९१६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विज्ञापन खेल्ने मामलामा ज्यादै महँगा छन् साउथ अभिनेता, सबै भन्दा महँगो को ? हेर्नुहोस् !