विज्ञापन खेल्ने मामलामा ज्यादै महँगा छन् साउथ अभिनेता, सबै भन्दा महँगो को ? हेर्नुहोस् !

मुम्बई । साउथ स्टारको लोकप्रियता हालका दिनमा तीब्र गतिमा बढिरहेको छ । महेश बाबुदेखि लिएर अल्लू अर्जुनसम्मका साउथ स्टारलाई हिन्दी भाषी दर्शकले मन पराउने क्रम उल्लेख्य छ । यही कारण उनीहरूलाई ठूला ठूला ब्राण्डले प्रवद्र्धनका लागि प्रस्ताव गरिरहेका छन् । उनीहरूले ब्राण्डको प्रवद्र्धन गर्न मोटो रकम लिने गरेका छन् ।

प्रभास
यो सूचीमा प्रभास शीर्ष स्थानमा छन् । ‘बाहुबली’ पछि लोकप्रियताको उचाइमा पुगेका उनले एक विज्ञापनका लागि १८ करोड पारिश्रमिक लिन्छन् ।

महेश बाबू
‘टलिउड प्रिन्स’ महेशले हालसम्म हिन्दी बक्स अफिसमा पाइला चालेका छैनन । यसबाहेक पनि उनको उनको लोकप्रियता बढ्दो छ । एक विज्ञापनका लागि उनी १२ करोड रुपैंयाँ पारिश्रमिक बुझ्छन् ।

अल्लू अर्जुन
अल्लू अर्जुन फिल्म ‘पुष्पा’ पछि घर घरमा लोकप्रिय छन् । उनी एक विज्ञापनबापत साढे सात करोड पारिश्रमिक लिन्छन् ।

राम चरण
‘आरआरआर’ स्टार राम चरण पनि ब्राण्ड कम्पनीको प्रिय बनेका छन् । उनी एक विज्ञापनका लागि ६ देखि ७ करोडसम्म पारिश्रमिक बुझ्छन् ।

नागार्जुन
नागार्जुन साउथको ठूला स्टार हुन् । उनी एक विज्ञापनका लागि दुई करोड रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

नागा चैतन्य
अभिनेत्री सामन्था रुथ प्रभुका पूर्वपति नागा चैतन्यको हातमा पनि थुप्रै विज्ञापन छन् । उनी एक विज्ञापनका लागि डेढ करोड पारिश्रमिक थाप्छन् ।

विजय देवरकोंडा
ब्राण्ड प्रवद्र्धनको मामलामा विजय देवरकोण्डा पनि कम छैनन् । उनी एक विज्ञापनका लागि १ करोड रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

प्रकाशित : शनिबार, कार्तिक ०५, २०७९१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्याकलिन फर्नान्डिजलाई ठूलो राहत !