अल्लू अर्जुनले सलमान-शाहरुखलाई पनि नराम्ररी पछारे, ‘पुष्पा २’ बन्यो सबैभन्दा बहुप्रतिक्षित फिल्म

एजेन्सी : भारतीय दर्शकहरू ठूला बजेटका फिल्महरू र सुपरहिट फ्रेन्चाइजीहरूप्रति सधैँ उत्साहित रहन्छन् र हरेक दिन रिलिजको अपेक्षा बढ्दै गएको छ। भारतीय बक्स अफिसमा हरेक शुक्रबार कुनै न कुनै फिल्म रिलिज हुन्छन् र तीमध्ये केही फिल्मले दर्शकमा गहिरो छाप छोड्छन्।

हालको अवस्थामा दर्शकमाझ बढ्दो कौतुहलतासँगै ओरम्याक्स मिडियाले ‘बहुप्रतिक्षित फिल्म’ को सूची सार्वजनिक गरेको छ। अल्लु अर्जुनले यो सूचीमा सलमान खान र शाहरुखलाई पछि पारेका छन्। यो सूचीमा अल्लु अर्जुनको ‘पुष्पा २’ शीर्ष स्थानमा छ।

‘पुष्पा: द राइज’ मा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको दमदार प्रदर्शनले भारतमा तहल्का मच्चाएको थियो। फिल्मका गीतहरू जस्तै: ओ अन्तावा, श्रीवल्ली र सामी सामी उक्त वर्षको ब्लकबस्टर गीत बनेको थियो र अहिले पनि यो गीत मानिसहरुको जिब्रोमै झुन्डिएको छ।

ओरम्याक्स मिडियाले सोशल मिडिया अकाउन्टमा ‘मोस्ट अवेटेड फिल्म्स’ को सूची सार्वजनिक गरेको छ। यस सूचीमा पहिलो नम्बरमा पुष्पा २, दोस्रो नम्बरमा शाहरुख खानको पठान, तेस्रोमा सलमान खानको टाइगर, चौथो नम्बरमा जवान र पाँचौँ नम्बरमा डङ्की रहेका छन्।

यो सूची सेयर गर्दै ओरम्याक्स मिडियाले क्याप्सनमा लेखेको छ – ‘#OrmaxCinematix सबैभन्दा बहुप्रतीक्षित हिन्दी फिल्म, १५ अक्टोबर सन् २०२२ सम्म(डिसेम्बर 2022 पछि रिलिज हुने चलचित्रहरू जसको ट्रेलर अहिलेसम्म रिलिज भएको छैन।)’

प्रकाशित : शनिबार, कार्तिक ०५, २०७९१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४५ वर्षीय मिका सिंहले छोरी समानको १२ वर्षीय बालिकासँग रोमान्स गरेपछि मच्चियो हङ्गामा..