आलोचना भयो भन्दै सामाजिक सञ्जालमा निष्क्रिय अभिनेत्री पूजा पुन: फर्किइन् ! 

केही दिन पहिले सम्पूर्ण सामाजिक सञ्जालबाट टाढा भएकी अभिनेत्री पूजा शर्मा अहिले फर्केकी छिन् । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामबाट टाढा भएकी अभिनेत्री पुन: फर्केकी छिन् । केही दिन पहिलेसम्म उनको नाममा भएका सामाजिक सञ्जालहरु निष्क्रिय थिए ।

पछिल्लो समय अभिनेत्री सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको कारण विवादमा परेकी थिइन् । साथै अभिनेत्रीले मानिसहरुबाट आलोचनाको सामना गर्न परेको थियो । केही समय पहिले अभिनेत्रीले अञ्चलको विषयमा दिएको जवाफलाई लिएर सामाजिक सञ्जालमा निकै  ट्रोल बनेको थियो ।

केही समय पहिले अभिनेता पल शाह र गायिका समीक्षाको केसमा अभिनेत्रीले दिएको विचारले अभिनेत्रीलाई विवादमा तानेको थियो । तर त्यस समयमा प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले राम्रो व्यापार गर्न सफल भएको थियो ।

अभिनेत्री एक अन्तर्वार्तामा सामाजिक सञ्जालहरुमा आफूलाई सामाजिक सञ्जालमा खेदो मात्र खनिएकोमा दु:ख लागेको बताएकी थिइन् । केही मानिसबाट  आलोचन हुँदा अभिनेत्री सामाजिक सञ्जालबाट टाढा हुँदा अभिनेत्रीका फ्यानले दु:ख  व्यक्त गरेका थिए ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालबाट अचानक निष्क्रिय भइन् अभिनेत्री वर्षा सिवाकोटी