सामाजिक सञ्जालबाट अचानक निष्क्रिय भइन् अभिनेत्री वर्षा सिवाकोटी

केही दिन पहिलेबाट नै अभिनेत्री वर्षा सिवाकोटीको चर्चा  निकै बढेको छ । केही दिन पहिले अभिनेत्री सामाजिक सञ्जालबाट उनको श्रीमानको तस्बिर हटाएको खबरले चर्चा पाएको थियो भने अहिले अभिनेत्री व्यक्तिगत सामाजिक सञ्जाल फेसबुक खाता निष्क्रिय भएका छन् । केही समय पहिले अभिनेत्री सामाजिक सञ्जाल मार्फत आफूलाई ‘मिनी हर्ट अट्याक’ भएको र अहिले आराम गरिरहेको जानकारी गराएकी थिइन्।

सञ्चारमाध्यमहरुका अनुसार बुधबार अपरान्ह ‘हर्ट अट्याक’ भएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ उनको स्वास्थ्य जाँचपछि उनलाई अहिले उनकै निवासमा ल्याईएको छ।

चिकित्सकले उनलाई कामको धपेडी नलिन र पर्याप्त आराम गर्न सल्लाह दिएका छन्। सामाजिक सञ्जालमा उनका फ्यानहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

अहिले अभिनेत्रीले आधिकारिक रुपमा केही जानकारी  नगराएमा पनि उनको वैवाहिक जीवन केही खटपट भएको हो कि भन्ने अनुमान गरिएको छ ।

अभिनेत्रीले सामाजिक सञ्जालबाट निष्क्रिय हुनु केही दिन पहिले उनको श्रीमानको तस्बिर हटाएको थिइन् । अभिनेत्रीका फ्यान अहिले अभिनेत्रीको यस क्रियाकलापलाई निकै चासोको साथमा लिएका छन् । अभिनेत्री वर्षाले गत बैशाख ९ गते अमेरिका बस्ने आशिष गेलालबीसँग धार्मिक मान्यता अनुसार भव्य रुपमा विवाह गरेकी थिइन् ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१७:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमा बनिन् बिपाशा बसु ? बच्चासँगको तस्बिर भाइरल हुँदै !