अभिनेत्री कट्रिना राति सुत्नुअघि कहिल्यै गर्दिनन् यस्तो काम बताइन् यसको पछाडिको कारण !

एजेन्सी- अहिलेको समयमा बलिउड अभिनेत्री कट्रिना कैफ आफ्नो फिल्म ‘फोन भूत’ लाई लिएर चर्चामा छिन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्ममा इशान खट्टर र सिद्धान्त चतुर्वेदी पनि देखिनेछन् । फिल्ममा कट्रिना भूतको भूमिकामा देखिनेछिन् । यसैबिच अभिनेत्रीको एउटा अन्तर्वार्ता निकै भाइरल भइरहेको छ, जसमा उनले सुत्नुअघि कहिल्यै यस्तो काम नगरेको बताएकी छिन् ।


बलिउड अभिनेत्री कट्रिना कैफको फिल्म ‘फोन भूत’ छिट्टै प्रदर्शन हुन्दैछ । चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् । ट्रेलर हेरेर फिल्म रमाइलो हुने अनुमान गरिएको छ । विवाहपछि नायिका पहिलो पटक ठूलो पर्दामा देखिने भएकी छन् ।

नायिका अहिले उनको आगामी  चलचित्रको प्रचारमा व्यस्त छिन् । प्रमोसनको बहानामा उनी आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा खुलेर कुरा गरेकी छिन् । यसैबिच उनको एउटा भनाइ निकै भाइरल भइरहेको छ ।

एक मिडिया हाउससँगको कुराकानीमा जब कट्रिनालाई सोधियो कि उनी भूतमा विश्वास गर्छिन् ? यसका अन्य आयाम पनि छन् भन्ने कुरालाई नकार्न नसकिने उनको भनाइ छ । यसपछि अभिनेत्रीले पनि रोचक खुलासा गरेकी छिन् ।


कुराकानीका क्रममा अभिनेत्रीले रातको समयमा केही गरेर डरलाग्दो कुरा देखेमा निदाउन नसक्ने बताइन् । कट्रिनाले त्यस समयको कुरा गरिन् जुन बेलाम राती टिभी वा बत्ती बालेर सुत्ने गरेको पनि बताइन् । कट्रिनाले सुत्न समय कमेडी फिल्म हेर्ने बताइन, जसको कारण लागि खुसीका साथ सुत्न सकियोस् ।


कट्रिनाको आगामी फिल्म ‘फोन भूत’ निर्देशक गुरमीत सिंहले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेता इशान खट्टर र सिद्धान्त चतुर्वेदीका अलावा ज्याकी श्राफ पनि देखिनेछन् । यो फिल्म आउँदो महिनाको ४ गतेबाट हलमा रिलिज हुँदैछ ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आलोचना भयो भन्दै सामाजिक सञ्जालमा निष्क्रिय अभिनेत्री पूजा पुन: फर्किइन् !