अभिनेत्री वर्षा शिवाकोटीलाई ‘हर्ट अट्याक’, यस्तो छ पछिल्लो हेल्थ कन्डिसन

काठमाडौँ : अभिनेत्री वर्षा शिवाकोटीलाई ‘मिनी हर्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकबाट बुधबार यस कुराको जानकारी दिएकी हुन्।

सञ्चारमाध्यमहरुका अनुसार बुधबार अपरान्ह ‘हर्ट अट्याक’ भएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ उनको स्वास्थ्य जाँचपछि उनलाई अहिले उनकै निवासमा ल्याईएको छ।

चिकित्सकले उनलाई कामको धपेडी नलिन र पर्याप्त आराम गर्न सल्लाह दिएका छन्। सामाजिक सञ्जालमा उनका फ्यानहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

२७ वर्षीय अभिनेत्री वर्षा पछिल्लो समय देश-विदेशको घुमघाम व्यस्त थिईन्। हालै मात्र उनी थाईल्याण्ड पुगेकी थिईन्। उनले सामाजिक सञ्जालमा घुमफिरको तस्बिरहरु शेयर गरिरहन्छिन्। सञ्चारमाध्यमका अनुसार पछिल्लो समय वर्षाको अमेरिकी निवासी श्रीमान् आशिष गेलालसँगको वैवाहिक सम्बन्धमा खटपट आएको बताईएको छ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१९ वर्षीय अब्दु रोजिकको मन आफूभन्दा धेरै वर्ष जेठी यी अभिनेत्रीलाई मन पराउँदै? सार्वजनिक भयो यस्तो कुरा !