वाचमेनसँग रोडमा बसेर रोटी बनाए सोनु सूदले, भन्छन् – ‘पाँचतारे होटेलले पनि जित्न सक्दैन्’

एजेन्सी : बलिउड अभिनेता सोनु सूद(Sonu Sood) आम मानिससँग जोडिने कुनै मौका छोड्दैनन् र सामाजिक सञ्जालमा उनको पोस्टिङ जारी रहन्छ। हालै सोनु सूदले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन्, जसमा उनले वाचमेनलाई भेट्छन्, रोटी बनाउँछन् र म पनि खान्छु भन्छन्।

सोनु सूद कारमा बसेर भन्छन्, ‘हामी हरेक दिन यहाँबाट जान्छौँ। आज यिनलाई भेटम न त। बिहानको ८ बजिसकेको छ र वाचमेनहरु रोटी बनाउँदैछन्।’

सोनु सूद कारबाट ओर्लिएर उनीहरुको बीचमा पुग्छन्। उनी चुल्होमा गएर रोटी सेक्न र चलाउन थाल्छन्। उनले वाचमेनलाई रोटी के सँग खाने भनेर सोध्छन्। जसको जवाफमा उनीहरुले अण्डा भुर्जीसँग खाने बताउँछन्।

सोनु सूद भन्छन्, ‘मेरो लागि पनि रोटी बनाएर राख। म जिमबाट फर्किएपछि खान्छु।’ सोनु सूदले यो भिडियोसँगै क्याप्सनमा लेखेका छन् – ‘यहाँ यति धेरै माया छ कि ५ तारे होटेलले पनि जित्न सक्दैन्।(There is so much of love that even a 5 Star Hotel can’t beat this.)’

सोनू सुदको यो भिडियोलाई मानिसहरुले धेरै मन पराईरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन् – ‘हरेक व्यक्ति तपाईजस्तै महान भईदिओस्।’

भिडियो यहाँ हेर्नुहोस् : – 

 

View this post on Instagram

 

A post shared by Sonu Sood (@sonu_sood)

प्रकाशित : मङ्गलबार, कार्तिक ०१, २०७९२१:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साडीमा शमा सिकन्दरको ‘देशी भाउजु’ अवतार, हट तस्बिरले लोभिए फ्यान