आलिया भट्ट यस अस्पतालबाट आफ्नो बच्चालाई जन्म दिँदै, रणवीरका पिता ऋषिसँग छ यस्तो सम्बन्ध !

अहिले आलिया भट्ट आफ्नो गर्भमा भएको बच्चालाई स्वागत गर्ने अन्तिम तयारीमा छिन् र जुनसुकै बेला आमा बन्न सक्छिन् । तर अभिनेत्रीले उनको गर्भावस्थामा पनि धेरै काम गरिन् । तर अहिले उनी केही आराम गरिरहेकी छिन् र बच्चा जन्माउने प्रतीक्षामा छिन् । यसैबिच, नयाँ खबर बाहिर आएको छ कि आलियाले आफ्नो बच्चा कहाँ जन्माउनेछिन्।

भारतीय मिडिया रिपो:र्टस् अनुसार आलियाले नोभेम्बरको अन्त्यमा वा डिसेम्बरको सुरुमा बच्चालाई जन्म दिनेछिन् । यस बाहेक उनले बच्चालाई जन्म दिने अस्पतालको नाम दक्षिण मुम्बईमा रहेको ‘एचएन रिला:-यन्स फाउन्डेशन’ अस्पताल रोजेको बताएको छ ।


अहिले आलियाले बच्चालाई जन्म दिने भनिएको अस्पतालमा ऋषि कपुरको उपचार गरिएको थियो, त्यही अस्पताल हो र त्यहीँ उनले अन्तिम सास फेरेका थिए । रिपोर्टका अनुसार परिवारले धेरै योजना बनाएर यो अस्पताल रोजेको हो ।


जब आलिया गर्भावस्थाको सुरुवाती चरणमा थिइन्, उनले आफ्नो पहिलो हलिउड फिल्म ‘हा-र्ट अफ स्टोन’ को सुटिङ गरेकी थिइन्। त्यसपछि  आलियाले आफ्नो र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोशन गरिन् । एक सहरबाट अर्को सहरमा धेरै यात्रा गरिन् । यसबिचमा उनले आफ्नो आगामी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ को छायांकन पनि गरिन् जुन अब अर्को वर्ष रिलिज हुनेछ । यस फिल्ममा आलियासँग रणवीर सिंह मुख्य भूमिकामा छन् । फिल्मलाई करण जौहरले निर्देशन गरेका छन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०१, २०७९१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्लामरस डल जस्ती देखिन्छिन् अनु मलिककी छोरी, गर्छिन् यस्तो काम