ग्लामरस डल जस्ती देखिन्छिन् अनु मलिककी छोरी, गर्छिन् यस्तो काम

एजेन्सी : भारतीय सङ्गीतकार तथा गायक अनु मलिकका दुई बच्चा छन्, अनमोल मलिक र अदा मलिक। मलिककी छोरी अदाले आफ्नो बुबाको जस्तै गायनमा करियर बनाउन सकिनन्। उनी क्रियटिभ फिल्डमा जोडिन् चाहन्थिन्। उनलाई फेशनको दुनियाँमा निकै रुचि छ। यहीँ कारणले गर्दा उनी फेशन डिजाइनर बनिन्।

अदा मलिकले न्यूयोर्कमा फेसन डिजाइनिङको अध्ययन गरेकी थिइन्। अदाको क्रियशनलाई थुप्रै सेलिब्रेटीहरुले रुचाएका छन्। सामाजिक सञ्जालमा अदा आफूले डिजाइन गरेका पहिरनहरु देखाउँदै तस्बिरहरु शेयर गरिरहन्छिन्।

सेलेब्सलाई गोर्जियस लुक दिने अदा मलिक आफै पनि फेसनबल छिन्। अदाको इन्स्टा एकाउन्ट हेर्दा उनी सोसल मिडिया क्वीन हुन् भन्ने अनुमान गर्न सकिन्छ। अदा कति स्टाइलिस छिन्, त्यो उनको अकाउन्ट हेर्दा थाहा हुन्छ।

अदा मलिक फेशनिस्टा हुन्, त्यसैले उनी धेरैजसो चीज आफैँमा प्रयोग गर्छिन्। अनु मलिककी छोरी ग्ल्यामरस डलभन्दा कम देखिँदैनन्। उनी निकै सुन्दर पनि छिन्।

अदा मलिक धेरै सेलिब्रेटीहरुमाझ परिचित छिन्। उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। अदाको इन्स्टाग्राममा लगभग ४७ हजार फलोअर्स छन्। उनी आफ्नो बुबासँग धेरै नजिक छिन्। उनी प्राय: आफ्नो परिवारसँगको तस्बिर पनि शेयर गरिरहन्छिन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०१, २०७९१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वाचमेनसँग रोडमा बसेर रोटी बनाए सोनु सूदले, भन्छन् – ‘पाँचतारे होटेलले पनि जित्न सक्दैन्’