आगामी बिहीबार देखि चलचित्र ‘ नाई नभन्नु ल ६’ को छायाँकन सुरु हुने, नयाँ वर्षमा रिलिज हुनसक्ने !

पछिल्लो सिरिजमा लगातार सफलता प्राप्त गर्दै आएको चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिजको छायाङ्कन सुरु हुने भएको छ । यस चलचित्रका निर्माता विकासराज आचार्यले फिल्मको छायाङ्कन आगामी बिहीबारबाट सुरु गर्ने बताएका छन् । खबर अनुसार ३ दिन छायाङ्कन गरेर, तिहारपछि लगातार छायाङ्कन हुने बताएको छ ।

यस फिल्ममा नायिका आँचल शर्माको मुख्य भूमिकामा हुने बताएको छ । साथै फिल्ममा आँचलको साथमा नव–नायक आर्सीवाद क्षेत्री हुनेछन्। यस फिल्मको अघिल्लो सिरिजलाई दर्शकले निकै रुचाएका छन् । यस भन्दा पहिले मुख्य भूमिकामा रहेका बाल कलाकार अनुभव रेग्मी भने यस पटक अतिथिको रुपमा छोटो भूमिकामा देखिने बताएको छ । यस फिल्मको आघिल्लो सिरिजहरु नयाँ वर्षमा प्रदर्शन भएको हुँदा यस सिरिज पनि नयाँ वर्षमा प्रदशनमा आउने अनुमान गरिएको छ ।

केही दिन पहिले अभिनेत्री आँचल शर्मा अभिनीत चलचित्र ‘झिँगे दाउ’ प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले निकै रुचाएका थिए । साथै चलचित्रले राम्रो व्यापार गर्न सफल भएको थियो ।

केही समय यता अभिनेत्री आँचल शर्मालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिले अभिनेत्री आँचलको अभिनयको पनि निकै चर्चा हुने गरेको छ । अभिनेत्री अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनी उत्तिकै सक्रिय छिन् । मानिसहरू सामाजिक सञ्जालमा उनको नयाँ तस्बिर तथा भिडियोको सधैँ प्रतीक्षामा हुने गर्दछन् ।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

र्‍याम्प वाक गरेर ट्रोल बनिन् ४८ वर्षीय मलाइका, ट्रोलर्स भन्छन् – ‘बुढ्यौलीमा जवानी देखाउनुको औचित्य के ?’