र्‍याम्प वाक गरेर ट्रोल बनिन् ४८ वर्षीय मलाइका, ट्रोलर्स भन्छन् – ‘बुढ्यौलीमा जवानी देखाउनुको औचित्य के ?’

एजेन्सी : बलिउड इन्डस्ट्रीकी हट एण्ड बोल्ड अभिनेत्रीको सुचीमा परेकी नायिका मलाइका अरोडा दिनहुँ चर्चामा रहन्छिन्। मलाइका कहिले आफ्नो सुन्दर तस्बिरको कारण हेडलाइन बन्छिन् त कहिले बोल्ड भिडियोको कारण सामाजिक सञ्जालमा चर्चामा रहन्छिन्। यसैबीच मलाइका अरोडा भारतको सबैभन्दा प्रसिद्ध फेसन शो ल्याक्मे फेशन वीक २०२० मा सहभागी भएकी छिन्, जहाँ उनले सुन्दर एंव मनमोहक अवतारमा र्‍याम्प वाक गरेकी छिन्। अहिले उक्त र्‍याम्प वाकको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, जसलाई हेरेर फ्यानले उनलाई नराम्रोसँग ट्रोल गरिरहेका छन्।

खासमा मलाइका अरोडा मुम्बईमा आयोजित ल्याक्मे फेसन वीक २०२२ मा सहभागी भएकी हुन्। र्‍याम्प वाकमा ४८ वर्षीय अभिनेत्री मलाइकाको आत्मविश्वास हेर्नलायकको थियो। भाइरल भिडियोमा मलाइकाले पर्पल बिकिनी टप र म्याचिङ स्टेट स्कर्ट लगाएकी छिन्। यससँगै उनले ओभरसाइज श्रग पनि क्यारी गरेकी छिन्।

यसबाहेक उनले आफ्नो लुकलाई कम्प्लिट गर्न हाई हिल्स लगाएकी छिन्। साथै न्यू;_*ड मेकअपको सहारा लिएकी छिन्। भिडियोमा मलाइका अरोडा निकै सुन्दर देखिएकी छिन्। यद्यपि धेरैले उनको लुकलाई लिएर ट्रोल गरिरहेका छन्।

एक युजरले कमेन्ट गर्दै लेखेका छन्, ‘जबरजस्ती जवान देखिन खोजेकी छिन्।’ एक अर्का युजरले लेखेका छन् – ‘आन्टी, तपाई साँच्चै आन्टी जस्तै देखिनुभएको छ।’ अर्कोले लेखेका छन् – ‘बुढ्यौलीमा जवानी देखाउनुको कुनै फाइदा छैन।’ यसबाहेक धेरैले अश्लील प्रतिक्रिया दिएका छन्। यद्यपि कतिपयले उनकू सुन्दरता र मेहनतको तारिफ गरेका छन्। एक प्रयोगकर्ताले मलाइकाको तारिफ गर्दै लेखेका छन् – ‘यिनले साँच्चै नै उमेर एक सङ्ख्या मात्र भएको पुष्टि गरेकी छिन्।’

मलाइका अरोडाले आफ्नो करियरमा धेरै फिल्महरुमा काम गरिसकेकी छिन्। उनी आइटम गीतका लागि परिचित छिन्। मलाइका फिल्म ‘दिल से’ को ‘छैया छैया’ गीतबाट चर्चामा आएकी थिइन्। त्यसपछि उनले धेरै सुपरहिट फिल्महरूमा डान्स नम्बर गरिन्, जसबाट उनले धेरै लोकप्रियता हासिल गरेकी छिन्।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री सन्नी लियोनी आफ्नी छोरी निशाका लागि यस्तो सोच्छिन्, अभिनेत्रीको पोस्ट भाइरल हुँदै !