बलिउड अभिनेता अक्षय कुमारसँग छ २६० करोडको निजी जेट ? अभिनेताले गरे यस्तो खुलासा !

एजेन्सी- बलिउड अभिनेता अक्षय कुमार बलिउड क्षेत्रको सबैभन्दा बढी कर तिर्ने अभिनेता हुन् । अक्षय कुमारले वर्ष भरी काम गरेर ठूलो रकम कमाउने बताइन्छ । अभिनेताको व्यक्तिगत धनमा धेरै मूल्यवान चीजहरू पनि समावेश छन्। अभिनेताको आलिसान घरदेखि लिएर ग्यारेजसम्म धेरै आकर्षक सवारीसाधन छन् । यसै क्रममा केही रिपोर्टले अक्षय कुमारसँग निजी जेट पनि रहेको दाबी गरेको छ । अब अक्षय आफैँले यी खबरको प्रतिक्रिया दिएका छन्।
हालै एक रिपोर्टले दाबी गरेको छ कि अभिनेता एक निजी जेटको मालिक छन् र यसको मूल्य २६० करोड भारु मूल्यको बताएको छ। सामाजिक सञ्जालमा यस्तो खबर सार्वजनिक भएपछि अभिनेता अक्षयलाई राम्रो लागेन र उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट सार्वजनिक गरे। पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘लियर लायर प्या:-न्ट अन फायर, बाल्यकालमा यस्तो सुनेको हो ? तर साँच्चै केही मान्छे अझै हुर्केका छैनन् र म तिनीहरूलाई छोड्ने मूडमा छैन। मेरो बारेमा निराधार केही लेख्नु भयो भने अवश्य जवाफ दिनेछु।’ अक्षय कुमारको पोस्टबाट यो स्पष्ट भएको छ कि उनीसँग २६० करोडको निजी विमान छैन।
बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा निकै सक्रिय छन् र सामाजिक सञ्जाल मार्फत फ्यानसँग जोडिने गर्दछन् । अक्षय कुमारलाई बलिउडको खेलाडी पनि भनिन्छ । मार्शल आर्टको तालिम लिएका कारण उनी धेरै फिल्ममा ए:-क्शन हिरोको भूमिका चर्चित छ । अभिनेताले दिवङ्गत अभिनेता राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्विंकल खन्नासँग विवाह गरेका हुन् । अक्षय र ट्विंकल दुई सन्तान आरव र निताराका आमाबुवा हुन्।
प्रकाशित : सोमबार, असोज ३१, २०७९१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी बिहीबार देखि चलचित्र ‘ नाई नभन्नु ल ६’ को छायाँकन सुरु हुने, नयाँ वर्षमा रिलिज हुनसक्ने !