सलमान खानलाई फिटिक्कै मन परेको थिएन् आफ्नै यो फिल्म, फ्लप होस् भनेर गरेका थिए प्रार्थना

एजेन्सी : बलिउड इन्डस्ट्रीका ‘दबाङ्ग’ सुपरस्टार सलमान खानका फिल्मलाई लिएर फ्यानहरुमाझ अर्कै उत्साह हुन्छ। उनका फिल्म रिलिज हुँदा बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्छ। यहीँकारण उनका फिल्म हेर्न फ्यानहरु पनि आतुर रहन्छन्। धेरै फिल्महरु सिर्फ सलमान खानकै कारण सुपरहिट भएका छन् तर एक यस्तो फिल्म पनि छ जुन फिल्मलाई सलमान खान आफैँ फ्लप बनाउन चाहन्थे। सलमान खानसँग सम्बन्धित यो किस्सा धेरै कमलाई मात्र थाहा छ। उनी किन आफ्नै फिल्म फ्लप भएको हेर्न चाहन्थे त ?

अधिकांसलाई थाहै होला सलमान खानले सन् १९८९ मा रिलिज भएको फिल्म ‘मैंने प्यार किया’ बाट आफ्नो करियर सुरु गरेका थिए। यद्यपि सलमान खानले ‘मैंने प्यार किया’ बाट नभई जे.के. बिहारीको फिल्म ‘बीवी हो तो ऐसी’ बाट आफ्नो करियर सुरु गरेका थिए। यस फिल्ममा उनी हिन्दी सिनेमाकी दिग्गज अभिनेत्री रेखाको देवरको भूमिकामा देखिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक जे.के. बिहारीले उक्त रोलको लागि सलमान खानको सट्टा अरु कोहीँलाई लिन चाहन्थे। तर अडिसनमा कोही पनि अडिसन दिन आएनन्। सोही कारण निर्देशक जे.के. बिहारीले अडिसनमा सबैभन्दा अगाडी आउने मान्छेलाई नै रोल दिने फैसला गरेका थिए।

यसरी सलमान खानले अडिसनपछि पहिलो ब्रेक पाए। यद्यपि सलमान खान फिल्ममा आफूले पाएको रोलमा बिल्कुलै सन्तुष्ट थिएनन्। उनलाई आफ्नो अभिनय पनि पटक्कै मन परिरहेको थिएन्। यहीँकारण उनी फिल्म ‘बीवी हो तो ऐसी’  बक्स अफिसमा फ्लप होस् भन्ने चाहन्थे। यद्यपि फिल्मले त्यतिबेला बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

त्यसपछि मात्र सलमान खानले ‘मैंने प्यार किया’ मा काम गरे र यहीँ फिल्मबाट उनी रातारात सुपरस्टार बने। त्यसपछि दिन दोगुणा रात चौगुणा हुँदै सलमान खानको भाग्य चम्कियो र उनले हिन्दी सिनेमामा एक से एक सुपरहिट फिल्म दिए। अहिले बलिउड इन्डस्ट्रीमा सलमान खानक स्थानबारे त सबै अवगत नै छन्।

सलमान खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी अहिले आगामी फिल्म ‘किसी का भाई किसी की जान’ मा व्यस्त छन्। यस फिल्ममा उनीसँगै चर्चित अभिनेत्री पूजा हेगडे, शहनाज गिल र पलक तिवारीजस्ता कलाकारहरु देखिनेछन् ।

यसबाहेक उनीसँग टाइगरको फ्रेन्चाइज ‘टाइगर ३’ पनि छ जसमा उनी चर्चित अभिनेत्री कट्रिना कैफसँग देखिनेछन्। मिडिया रिपोर्ट्स अनुसार सलमान खान र कट्रिना कैफले यस फिल्मको सुटिङ पूरा गरिसकेका छन्।

प्रकाशित : सोमबार, असोज ३१, २०७९११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता अक्षय कुमारसँग छ २६० करोडको निजी जेट ? अभिनेताले गरे यस्तो खुलासा !