जेन्सी- बलिउड क्षेत्रमा अहिले कुनै न कुनै जोडीको विवाह हुने खबरले चर्चामा हुने अग्रेका छन् । केही दिन पहिले छिट्टै कियारा र सिद्धार्थको विवाह हुने खबर आएको थियो भने अहिले अर्को जोडीले विवाह गर्ने खबर आएको छ । यो जोडी अरु कोही नभएर बलिउड अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी हुन ।
भारतीय सञ्चार मध्यममा प्रकाशित खबर अनुसार रकुल छिट्टै आफ्नो प्रेमी ज्याकी भगनानीको दुलही बन्न लागेकी छिन् । सन् २०२३ मा दुवै विवाह बन्धनमा बाँधिने बताएको छ । दुवै लामो समयदेखि एक अर्कालाई डे:ट गरिरहेका छन् । यसबारे अभिनेत्रीका भाइले पनि खुलासा गरेका बताएको छ ।
एक मिडिया रिपोर्टका अनुसार रकुलका भाइ अमनले रकुलले ज्याकीसँग केही परियोजना काम गरेको बताएका छन् । दुवै एक अर्कालाई मन पराउँछन् र विवाह गर्न चाहन्छन्। अहिले विवाह मिति तय भइसकेको छैन, तर त्यस्तो केही भयो भने अभिनेत्री रकुल आफैँले सबैलाई बताउनेछिन् । अहिले ज्याकीसँग ठूला परियोजनामा छन् र रकुल पनि व्यस्त छन्, त्यसैले दुवैले राम्ररी सोचेर बिहेको निर्णय लिने उनको भाईले बताएका छन्।
गत वर्ष अक्टोबरमा रकुल प्रीत सिंहले पहिलो पटक एक पोस्ट मार्फत इन्स्टाग्राममा ज्याकिप्रति आफ्नो प्रेम व्यक्त गरेकी थिइन्। रकुलले ज्याकीको जन्मदिनमा फोटो र धन्यवाद नोट लेखेर ज्याकप्रति धेरै माया देखाएकी थिइन् । यसपछि सामाजिक सञ्जालमा पनि यी दुईको प्रेम चर्चा हुने गरेको छ । यससँगै दुवै जना प्रायः सँगै देखिने गरेका छन् ।