इन्स्टाग्राम नै नभएका ब्राड पिटले डिएम गरेको भनेपछि उड्यो नोराको मजाक…भन्नु नभन्नु भने ट्रोलर्सले

एजेन्सी : बलिउड अभिनेत्री तथा मोडेल नोरा फतेहीले हालै एउटा आश्चर्यजनक कुरा खुलाएकी छिन्। नोराले भारतीय सञ्चारमाध्यमसँगको हालसालैको अन्तर्वार्तामा इन्स्टाग्राममा हलिउडका चर्चित अभिनेता ब्राड पिटको मेसेज आएको बताएकी छिन्। तर सामाजिक सञ्जालमा उनको कुरालाई कसैले पनि विश्वास गरेका छैनन्, झन् उल्टै मजाक उडाईरहेका छन्।

सामाजिक सञ्जालका प्रयोगकर्ताका अनुसार इन्स्टाग्राममा ब्राड पिटको आधिकारिक अकाउन्ट छैन। त्यसैले ब्राड पिटले मेसेज गर्ने कुनै सम्भावना नै छैन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताका भनाईअनुसार यदि नोरालाई ब्राड पिटको म्यासेज आउँछ भने सुकेशजस्तो ठगको सङ्गत किन गरिरहेकी छिन् त ?

नोरालाई अन्तर्वार्तामा सोधिएको थियो – ‘यस्तो प्रख्यात व्यक्ति जसले तपाईलाई अचानक मेसेज गरेका छन् ?’ जुन प्रश्नको जवाफमा नोराले तुरुन्तै ब्राड पिटको नाम लिएकी थिईन्। नोराले मानिसहरुलाई विश्वास दिलाउन खोज्दै भनिन् – ‘शायद मानिसहरुलाई पत्यार नलाग्न सक्छ तर मलाई ब्राड पिटले एकपटक डिएम गरेका थिए।’ नोराको यस्तो कुरा सुन्नेबित्तिकै मानिसहरुले उनको मजाक उडाउन थालेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन् – ‘मलाई थाहा छैन ब्राड पिटले तपाईलाई कसरी डिएम गरे तर उनले इन्स्टाग्राम चलाउँदैनन्।’ एक अर्का युजरले लेखेका छन् – ‘ब्राड पिटलाई थाहा पनि छैन होला कि तपाई को हो भने र।’ एक प्रयोगकर्ताले नोराको खिल्ली उडाउँदै लेखेका छन् – ‘ब्राड पिटले तपाईलाई म्यासेज गरिरहँदा सुकेश जस्तो ठगको किन सङ्गत गरिरहनुभएको छ त ?’

नोरालाई हालै दिल्ली पुलिसले सुकेश चन्द्रशेखरसँग सम्बन्धित मनी-लन्ड्रिङ मुद्दामा बोलाएको थियो। सुकेशबाट महँगो उपहार लिएर जेलमा भेटेको विषयमा नोरालाई पटकपटक सोधपुछ गरिएको थियो। नोराबाहेक ज्याक्लिन फर्नान्डिज र निक्की तम्बोलीजस्ता अभिनेत्रीलाई पनि यो मुद्दामा बोलाइएको थियो।

नोरा हालै फिल्म निर्माता करण जोहर र अभिनेत्री माधुरी दीक्षितसँग डान्स रियालिटी शो झलक दिखला जा १० मा जजको रूपमा देखिएकी थिइन्। उनले सन् २०१३ मा आएको फिल्म ‘रोर : टाइगर्स फ द सुन्दरबन(Roar: Tigers of the Sundarbans)’ बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेकी थिईन्। त्यसपछि उनी स्ट्रिट डान्सर(Street Dancer 3D) जस्ता धेरै फिल्ममा देखिएकी थिइन्। नोरा मुख्यतया चलचित्रमा आइटम नम्बर गर्नका लागि परिचित छिन्। यी सबै बाहेक उनी बिग बोस ९ मा पनि देखिएकी थिईन्।

प्रकाशित : शुक्रबार, असोज २८, २०७९१६:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

११ वर्षमा परिणिती चोपडाले दिईन् ९ फ्लप फिल्म, ‘कोड नेम- तिरंगा’ ले बचाउँला डुब्दै गरेको करियर ?