यस साता ‘बिग बोस’ को घरबाट बाहिरिँदै साजिद खान ? सलमान आफैँ गर्नेछन् निर्णय !

एजेन्सी- पछिल्लो समयमा बिग बोस भारतमा मात्र नभई नेपालमा पनि निकै लोकप्रिय भएको छ । त्यस्तै बलिउड सुपरस्टार सलमान खान यति बेला आफ्नो फिल्म र टिभी रियालिटी शो ‘बिग बोस १६’ को कारण चर्चामा छन् । अहिले शो दिनप्रतिदिन निकै रोचक बन्दै गएको छ । शोमा हरेक दिन नयाँ मोड र ट्वि:-स्ट देख्न पाइन्छ तर यो शो पहिले देखिनै प्राय: विवादले घेरिने गरेको छ ।


त्यस्तै यस सिजन विवादले घेरिएको छ, जसको पछाडि फिल्म निर्माता साजिद खानलाई बताएको छ । यसैबिच अभिनय क्षेत्रकी केही अभिनेत्री र गायकहरूले पनि साजिदलाई शोबाट निकाल्न माग गरेका छन्। शोमा आउनुअघि साजिद खानमाथि धेरै अभिनेत्री र मोडलहरूले यौन उत्पीडनको आरोप लगाएका थिए।

अहिले बिग बोसले साजिदलाई अब्दुको अनुवादक बनाएको छ । यसैबिच, शोको आउँदो हप्तामा साजिदलाई शोबाट बाहिरिने बाटो देखाउन सकिने खबर आएको छ । यो भनिएको छ कि शो होस्ट गर्ने सलमान खानले यो हप्ता साजिदलाई बिग बोसको घरबाट बाहिर पठाउन सक्ने बताएको छ ।    सामाजिक सञ्जालमा पनि मानिसहरुले साजिदलाई शोबाट बाहिरिन माग गरिरहेका छन् ।


सामाजिक सञ्जाल देखी विभिन्न कलाकारको बढ्दो आक्रोशलाई देखेर साजिदलाई शोबाट निकाल्ने दबाब बिग बोसका निर्माताहरूमाथि पनि बढिरहेको छ । यस्तो अवस्थामा अब साजिदलाई शोबाट बाहिर निकाल्न सक्ने अनुमान गरिएको छ । भनिएको छ कि साजिद एक हप्ता भित्र शोबाट बाहिर हुन सक्छन् र यो निर्णय सलमानले दिनेछन् ।

प्रकाशित : शुक्रबार, असोज २८, २०७९१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छिट्टै विवाह बन्धनमा बाँधिँदै अभिनेत्री रकुल प्रीत, अभिनेत्रीको भाईले खोले राज !