एजेन्सी- अभिनेत्री कट्रिना कैफ अहिले उनको फिल्म ‘फोन भूत’ को कारण चर्चामा छिन् । हालै फिल्मको प्रमोसनका क्रममा कट्रिनालाई उनको व्यक्तिगत जीवन र विवाहको बारेमा सोधिएको थियो । कट्रिनालाई सोधिएको थियो । बिहेपछि उनको जीवनमा के परिवर्तन भयो ? यसबारे कट्रिनाले आफ्नो अनुभव साझा गर्दै भनिन्, ‘विवाहले सबैको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । तपाई कसैसँग आफ्नो जीवन बाँड्दै हुनुहुन्छ र उसँग बस्दै हुनुहुन्छ । यो धेरै सुन्दर यात्रा हो, धेरै अद्भुत।’
अभिनेत्रीले थाप भनिन् ‘ हो अहिले हामी दुवै सुटिङको लागि व्यस्त भएर बाहिर बस्छौँ। मलाई लाग्छ हरेक अभिनेता-अभिनेत्रीको जीवनमा यस्तो हुन्छ । हामी धेरै यात्रा गर्छौँ, जसका कारण हामी एकअर्कासँग थोरै समय बिताउन पाउँछौँ। तर उहाँ एक अद्भुत व्यक्ति हुनुहुन्छ। हालै सार्वजनिक भएको कट्रिनाको नयाँ फिल्मको फिल्मको ट्रेलर हेरेपछि विक्कीले सामाजिक सञ्जालमा ‘मेरी क्यू-ट बानी भूतनी’ लेखेका छन् ।
अभिनेत्रीले हालै आफ्नो नयाँ फिल्म ‘फोन भूत’ को प्रमोसनको क्रममा एक अन्तर्वार्तामा कट्रिनाले सलमान खानसँग टाइगर फ्रेन्चा:-इजमा फेरि काम गर्ने बारे बताएकी छिन् भनेकी छिन् ‘यो मेरो लागि अद्भुत छ। मलाई कर्म गर्न मन लाग्छ । मलाई यो फ्रेन्चा:-इजप्रति धेरै सम्मान छ किनभने, आदित्य चोपडाले जोयाको भूमिकालाई कुनै पनि पुरुष स्टार जत्तिकै एक्सन दृष्टिकोणबाट महत्त्व दिएका छन्, पक्कै पनि, सलमानसँग फेरि काम गर्नु राम्रो अनुभव हो।’
कट्रिना कैफ र विक्की कौशलको गत वर्ष डिसेम्बरमा विवाह भएको थियो । विक्की कौशल र कट्रिना कैफ बलिउडको सबैको मनपर्ने जोडी मध्ये एक हुन्। विक्की कौशलको कुरा गर्दा ‘गोविन्द मेरा नाम’, ‘साम बहादुर’ र ‘लक्ष्मण उत्तेकर’ फिल्ममा देखिनेछन् ।