विवाह गरेको ४ महिना नबित्दै अभिनेत्री नयनतारा बनिन् जुम्ल्याहा बच्चाको आमा, तस्बिर भाइरल हुँदै !

एजेन्सी- अभिनेत्री नयनतारा र उनका श्रीमान् विग्नेस हिजो अक्टोबर ९ मा जुम्ल्याहा सन्तानको अभिभावक बनेका छन् । दुवैले गत ९ जुनमा विवाह गरेका थिए । नयनतारा विवाह गरेको ४ महिना नबित्दै आमा बनेको खबरले सामाजिक सञ्जाल तातेको छ । यो खबर पाएपछि मानिसहरु अभिनेत्रीको विवाहको तस्बिर अभिनेत्रीको गर्भावस्थाको रुप खोजिरहेका छन् ।

यसै क्रममा नयनतारा सरोगेसी मार्फत आमा बनेको हल्ला पनि चलेको छ । नयनतारा र विग्नेशको समर्थनमा सामाजिक सञ्जालमा धेरैले लेखिरहेका छन् र बधाई पनि पाइरहेका छन् ।

दक्षिण भारतको चलचित्र क्षेत्रको अभिनेत्री नयनतारा विवाहको ४ महिनापछि जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । यो खबरले उनका फ्यान र नजिकका मानिसहरु निकै खुसी भएका छन् । योसँगै कतिपयले उनी यति छिट्टै आमा कसरी भइन् भन्ने आश्चर्यमा परेका छन् भने यसबिचमा उनको गर्भावस्थाको खबर पनि कसैले पाएनन् ।

अहिले मानिसहरु अभिनेत्रीको पुराना तस्बिर हेरिरहेका छन् । यसको साथै सामाजिक सञ्जालमा उनीहरुको सन्तान सरोगेसीको माध्यमबाट भएको चर्चा छ । तर विग्नेश वा नयनताराको तर्फबाट आधिकारिक धारणा आएको छैन । मानिसहरुले नकारात्मक टिप्पणीका बीच सामाजिक सञ्जालमा धेरैले आफ्नो धारणा लेखिरहेका छन् ।

  तस्बिर स्रोत: नयन तारा इन्स्टाग्राम

प्रकाशित : सोमबार, असोज २४, २०७९१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘बिग बोस’ प्रतियोगी सौन्दर्या छिन् यति धेरै सुन्दर, तस्बिर सहित!