एजेन्सी- पछिल्लो समयमा बलिउडका विभिन्न अभिनेता तथा अभिनेत्रीको बाल्यकालको तस्बिर भाइरल हुने क्रम बढेको छ त्यस्तै अहिले सामाजिक सञ्जालमा करिश्मा कपूरसँग देखिएको यो बच्चा अहिले ठूलो भएर बलिउड सुपरस्टार बनेको छ । उनले अहिलेसम्म थुप्रै हि:-ट फिल्म दिएका छन् । हालै उनको एक फिल्म सुपर हि:ट भयो र बक्स अफिसमा ठूलो कलेक्सन गर्यो।
तस्बिरमा देखिएका बालाको श्रीमती पनि बलिउड सुपरस्टार र सबैभन्दा माग भएकी अभिनेत्री हुन्। यससँगै उनीहरु लोकप्रिय स्टार भएका छन् । यो बालक कपुर परिवारको हो ।
यो बच्चालाई अहिले सम्म चिन्नु भयो होला, फोटोमा देखिएको यो बच्चा अरु कोही होइन रणवीर कपुर हुन् । रणवीरले यसै वर्ष अभिनेत्री आलिया भट्टसँग विवाह गरेका थिए । हालै दुवैको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा ठूलो कमाइ गरेको थियो । रणवीर र आलिया छिट्टै आमाबुवा बन्न लागेका छन् ।
रणवीर कपूरका आमाबुवा लोकप्रिय फिल्म स्टार ऋषि कपूर र नीतु सिंह हुन्। उनी राज कपूरका नाति हुन्। उनी कपूर परिवारका सन्तान हुन् र उनले फिल्म क्षेत्रमा आफ्नो परिवारको नाम उच्च राखेका छन् । करिश्मा कपुर र करीना कपुर उनका दिदी हुन् र दुवै बलिउडको शीर्ष अभिनेत्री हुन्।