एजेन्सी- पछिल्ला केही वर्षहरूमा, दक्षिण भारतीय फिल्महरूको हिन्दी संस्करणले पनि धेरै कमाई गरेको छ र धेरै रेकर्डहरू बनाएको छ। बाहुबली, पुष्पा, केजीएफ, आरआरआर, विक्रमजस्ता धेरै फिल्म छन् जसलाई दर्शकले मन पराएका छन् । त्यस्तै दक्षिण भारतीय सिनेमा विश्वव्यापी चलिरहेको छ भने अर्कोतिर बलिउड फिल्म लगातार असफल भइरहेका छन् ।
दक्षिण भारतीय केही अभिनेता-अभिनेत्री अब बलिउडमा पनि देखिने भएका छन्, जसलाई हेर्न दर्शकहरू पनि उत्सुक छन्। तर केही यस्ता दक्षिण भारतीय अभिनेता-अभिनेत्री छन् जसले हिन्दी फिल्ममा कम गर्न अस्वीकार गरेका थिए।
अल्लु अर्जुन
अल्ली अर्जुनको हिन्दी क्षेत्रमा ठूलो फ्यान फलोइङ छ । अल्लु अर्जुनका फिल्महरू लामो समयदेखि हिन्दीमा डब गरी हेरिरहेका छन् र पुष्पापछि अभिनेताको दर्शक निकै बढेको छ । भारतीय मिडिया रिपोर्ट अनुसार अल्लु अर्जुनलाई बजरंगी भाइजानको लागि अफर पनि भएको थियो तर उनको अस्विकार गरेका थिए सलमान यस फिल्ममा काम गरे र फिल्म सुपरहिट साबित भयो ।
यश
केजीएफपछि अभिनेता यश ग्लोबल स्टार बनेका छन् । अभिनेता यशलाई लामो समयदेखि हिन्दी फिल्मबाट अफर पनि आएको थियो । यशलाई फिल्म ‘लाल कप्तान’ को लागि प्रस्ताव पनि आयो, तर यो भूमिका अभिनेता यशले अस्वीकार गरेपछि सैफ अली खानले यस फिल्ममा कम गरेका थिए ।
महेश बाबु
चर्चित अभिनेता महेश बाबुलाई बलिउड फिल्मबाट अफर आए पनि उनले बलिउडलाई सिधै अस्वीकार गरेका छन् । महेश बाबुले राम्रो स्क्रिप्ट पाएनन या गर्न नचाहेको सबैलाई चासोको विषय भएको छ ।
नयनतारा
सुन्दर र प्रतिभाशाली अभिनेत्री नयनताराको फ्यान फलोइङ निकै ठूलो छ र फ्यानहरू उनलाई बलिउड फिल्ममा हेर्न उत्सुक छन्। नयनतारालाई धेरै बलिउड फिल्मबाट अफर आएको बताइन्छ । यसै क्रममा अभिनेत्रीलाई शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेसमा ‘वन टू थ्री फोर’ गीतको अफर पनि आएको थियो तर पछि प्रियमणी शाहरुखसँग देखिएकी थिइन् ।
अनुष्का शेट्टी
हिन्दी क्षेत्रका दर्शकले अनुष्का शेट्टीलाई फिल्म बाहुबलीदेखि नै राम्ररी चिन्छन्। अनुष्का शेट्टीलाई साउथकी सुपरस्टार अभिनेत्री पनि भनिन्छ । अनुष्का शेट्टीले ‘इत्तेफाक’ र रोहित शेट्टीको ‘सिंघम’ लगायतका धेरै हिन्दी फिल्मलाई अस्वीकार गरिसकेका छन्। काजल अग्रवाल पछि सिंघममा देखिएकी थिइन् ।