वैवाहिक बन्धनमा बाँधिए गायक कमल खत्री र गायिका मेलिना मैनाली

काठमाडौं : गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक बन्धनमा बाँधिएका छन्। केही हप्ता पहिले ईङ्गेजमेन्ट गरेका उनीहरुले आइतबार बडादशैंको फूलपातीको शुभ साइत पारी विवाह गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत दुवैले आफ्नो विवाहको भिडियो शेयर गर्दै आइतबार विवाह गरेको जानकारी दिएका छन्। उनीहरुले घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले विवाह गरेको बताएका छन्। साथै बिहेमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।

कमल खत्रीले लेखेका छन् – ‘केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आज बाट वैवाहिक बन्धनमा बाधिएका छौ । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौ,विहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जिवनको सुरूवात गरेका छौ। जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ । र सबैमा बिजया दशमि सुभ कामना 🙏Lots of love 😍😍’

भिडियो यहाँ हेर्नुहोस् : –

प्रकाशित : आइतबार, असोज १६, २०७९१६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई