गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

काठमाडौं, गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकाएक यी बलिउड स्टारले छाडे मासु, बने शाकाहारी !